धरान : प्रहरीले मोरङको सुन्दरहरैंचा-४ का ४२ वर्षीय राजु राईले शुक्रवार साँझ लागूपदार्थ ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट बलिया मोरङको टोलीले उनलाई ब्राउन सुगर ४२ मिलिग्राम सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी झापाको पाडाजुगी बजारबाट कमल गाउँपालिका-५ का २५ वर्षीय विष्णु राजवंशी लाई प्रतिबन्धित लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पाईसनेस-१०८ पिस, ट्रामाडोल ८० पिस र एन्टिकफ २४ पिस सहित पक्राउ गरेको हो ।