धरान : धरानमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
शुक्रवार दिउँसो धरान उपमहानगरपालिका- ३, पुरानोबजारको एक घरमा भाडामा बस्दै आएका ३७ वर्षीय अमृत रसाइलीले २८ वर्षीय श्रीमती सम्झना रसाइलीलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।
सम्झनाको घटनास्थलमै मृत्यु भएको छ भने अभियुक्त अमृतलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
घरायसी झगडाका क्रममा खुकुरी प्रहार गरेको प्रहरीले अनुमान गरेको छ ।