धरान : धरान मेघा यु-१८ तेस्रो रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगितामा १४ टिम सहभागी हुने निश्चित भएको छ ।
धरान-१२ स्थित मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते देखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।
प्रतियोगितामा आयोजक धरान मेघा कलेज ए, वि, डिपो स्कुल ए, वि, टावर टेम्पल इङ्गलीस स्कुल झापा, युनाइटेड गोर्खा, होलिल्याण्ड इन्टरनेसनल, सियोन स्कुल, काम्रेल स्कुल, विजयपुर स्कुल, धरान आदर्श स्कुल, सुनाखरी स्कुल, एम्स एकेडेमी र चिल्ड्रेन स्कुल रहेका छन् । उदघान खेल धरान आदर्श स्कुल र सुनाखरी स्कुल बिच हुने बताइएको छ ।
प्रतियोगिताको विजेता टिमलाई नगद पुरस्कार २५ हजार रुपया प्रदान गरिने छ । उपविजेताले १२ हजार ५०० रुपया पाउने छ । उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर र उदीयमान खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता धरान बास्केटबल सङ्घ, सुनसरी बास्केटबल सङ्घ र रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठानको सहयोगमा आयोजना हुँदै आएको छ । प्रतियोगिता पुस १ देखि ५ गते सम्म धरान मेघा कलेजको बास्केटबल कोर्टमा सञ्चालन हुनेछ ।