विराटनगर : विराटनगर-९ स्थित बिराट क्याम्पसले प्रथम त्रैमासिक परीक्षा-२०८१ मा उत्कृष्ट गर्ने १५ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
मङ्सिरको दोस्रो हप्तामा प्रकाशित नतिजाबाट कक्षा ११ र १२ त्यसैगरी विविएस तर्फका विद्यार्थीलाई पनि कलेजले आज सम्मान गरेको हो । बिराट क्याम्पसले प्रत्येक वर्ष उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई कलेजका संस्थापक तथा स. क्याम्प प्रमुख रोशन घिमिरे शिक्षकहरू रोशन मेहता, हरिहर रिमाल, दीपिका शर्मा, प्रशान्त निरौला, मन्टु मन्ड्ल लगायत अन्य शिक्षकहरूले पनि विद्यार्थीहरूलाई सम्मान गरे ।
सम्मान कार्यक्रममा कक्षा ११ का उत्कृष्ट छात्र सौगात श्रेष्ठ र कक्षा १२ का प्रथम छात्रा काजल झा त्यसैगरी विविएस तर्फ प्रथम वर्षकी अमीशा कुमारी शाह, दोस्रो वर्षकी पुष्पा कुमारी शाह र तेस्रो वर्षका दिपेन भण्डारीले बिराट क्याम्पसको फरक शिक्षण विधि र उत्कृष्ट शैक्षिक वातावरणले गर्दा नै आफूहरू राम्रो रिजल्ट ल्याउन सफल भएको बताए ।
बिराट क्याम्पस लाई विराटनगरमा सबैभन्दा पुरानो र उत्कृष्ट शैक्षिक वातावरण भएको शैक्षिक संस्थाको रूपमा चिनिन्छ।