धरान : सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटर साइकल नियन्त्रणमा लिन थालेको छ ।

कार्यालयले मङ्सिर महिनामा २८ वटा मोटरसाइकल र ३ बटा बोलेरो जिपलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख वीरेन्द्रसिंह थापाले बताएका छन् ।

कोशी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ दफा ३९ को स्वीकृति नलिई पार्टपुर्जा हेरफेर गर्न नहुने नियम लागु गर्न कारबाही सुरु गरिएको उनले बताए ।

ट्राफिक प्रमुख थापाले भने ‘मोटरसाइकल र बालेरो नियन्त्रणमा लिएपछि मोडिफाई गरिएको बाहिकहरू पुनः पहिलेकै अवस्थामा फर्काउन लगाइएको छ ।’ मोटरसाइकललाई कारबाही गर्न यातायात कार्यालय इटहरी पठाइएको छ ।

मोडिफाई गरिएका बाइकलाई १० हजारका दरले जरिवाना लाग्ने उनको भनाई छ । थापाका अनुसार मङ्सिर महिनामा बेवारिसे अवस्थामा बरामद भएका ३ वटा बोलेरो जिपको अनुसन्धान गर्दा भन्सार छलेर ल्याएको पाइएको छ ।

थप अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको उनले बताए । चोरी निकासी भएर चलाएको गाडी भन्ने पुष्टि भएका सवारी धनी पत्तालगे कारबाहीबाट लगभग ३१ लाख रुपैयाँ राजश्व उठ्ने ट्राफिक प्रमुख थापाले जानकारी दिए ।

यातायात नियम विपरीत गतिविधि गर्ने चालकहरूबाट मङ्सिर महिनामा ट्राफिक कार्यालय सुनसरीले ५ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ ।

bike-traffice-2