धरान : सत्य शिशु निकेतन बोर्डिङ स्कुलले आँखा शिविर आयोजना गरी विद्यार्थी र अभिभावक समेतको आँखा परीक्षण गरेको छ ।
धरान–१५ स्थित विद्यालय परिसरमा बुधवार आयोजित शिविरमा २५५ जना स्कुलका विद्यार्थी र अभिभावकको आँखा परीक्षण गरिएको हो । शिविरमा स्थानीय टोलवासीहरूले पनि आँखा परीक्षण गराएका थिए ।
शिविरमा आँखा जाँच गराएकाहरू मध्ये १७ जनामा मोतीबिन्दुको समस्या देखिएको रानी अस्पतालले जनाएको छ । मोतीबिन्दु देखिएका बिरामीहरूलाई विशेष सहुलियतमा अस्पतालले अप्रेसन गर्ने जनाएको छ ।
स्कुलका प्रिन्सिपल रमेश राईले आँखा संवेदनशील अङ्ग भएकोले आँखाको सुरक्षालाई ध्यानमा राखेर स्कुलका विद्यार्थी र अभिभावकलाई निःशुल्क शिविर सञ्चालन गरिएको बताए ।
उनले भने ‘अहिलेको समयमा धेरै विद्यार्थीहरूले इलेकट्रोनिक माध्यम मोबाइल, ल्यापटप धेरै चलाउनाले उनीहरूको आँखामा धेरै समस्या आउने सम्भावनाका कारण परीक्षण शिविर आयोजना गरिएको हो ।
रानी आँखा अस्पताल बिराटनगरकोे प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।