इटहरी : इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । गत शुक्रवार उपमेयर सङ्गीता चौधरी सहित वडा अध्यक्षहरूले प्रशासन शाखा प्रमुख सञ्जीव खड्कामाथि आक्रामक ढङ्गबाट प्रस्तुत भएपछि आन्दोलन सुरु भएको हो ।
प्रशासन शाखा प्रमुख खड्काले वडा कार्यालयहरूमा 'सर्भर डाउन' गर्दिएको भन्दै उपप्रमुख चौधरी सहितका वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख खड्का माथि आक्रामक बनेका थिए । सोही आक्रमणको निन्दा गर्दै कर्मचारीहरू आइतबार कार्यालय प्रवेश गरेका छैनन् ।
उपमेयरले लिखित आत्मालोचना गर्नुपर्ने र कर्मचारीलाई सुरक्षाको अनुभूति दिलाउनुपर्ने भन्दै विरोध सुरु भएको हो । कर्मचारीले मेयर हमकर्ण पौडेल सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने बताएका छन् ।