धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पत्रकारप्रति झन् आक्रामक देखिएका छन् ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले गृहमन्त्री रमेश लेखकलाई प्रमुख साम्पाङले हिमाल मिडियाका पत्रकार गोपाल दाहाललाई धम्की दिएको बारेमा प्रतिवेदन बुझाएको समाचार मिडियामा आएपछि उनी झन् आक्रामक भएका हुन ।

नगर प्रमुख साम्पाङले मङ्गलवार निकट मिडियाको उपस्थितिमा गरेको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा पत्रकार महासङ्घ नेपालले मिथ्या आरोप लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै भनेका छन् ‘प्रेस स्वतन्त्रताको नाममा जसले जसलाई पनि जथाभाबी आरोप लगाउन मिल्दैन ।’

विज्ञप्तिमा भनिएको छ, आरोप पुष्टि गरेर कसैले पनि जिब्रो, कलम वा क्यामेरा चलाउनु हुँदैन । पत्रकारले समाजलाई विभक्त गर्ने विग्रह र कलह ल्याई आतङ्क सृजना गर्न मिल्दैन । पत्रकार कुनै दलको बन्नु हुँदैन ।

पत्रकार महासङ्घलाई चुनौती दिँदै विज्ञप्तिमा भनिएको छ ‘पत्रकारलाई धम्की दिएको भन्ने कुरा अनर्गल प्रचार गर्ने पत्रकार महासङ्घलाई मेरो चुनौती छ । मैले कहाँ, कति बजे, कुन मिडियामा के कसरी धम्की दिएको हा सो प्रमाणित गरिदिन चुनौती दिन्छु ।’

पार्टीको आडमा सङ्गठनको भरमा कुनै व्यक्ति वा संस्थालाई बिना प्रमाणको आरोप लगाई हिलो छ्याप्नुलाई लाकेतन्त्र भनिन्छ भने नेपाली जनताले वास्तविक लोकतन्त्रको लागि फेरी पनि आवाज उठाउनु पर्ने देखिन्छ भनिएको छ ।

नगर प्रमुखको विज्ञप्तिको पूर्णपाठ यस्तो छ :

harka-sampang-PR-new