विराटनगर : कोशी प्रदेश सरकारले ताप्लेजुङ मुक्कुमलुङ पाथीभरामा केवलकार निर्माण विरुद्ध आन्दोलन गरिरहेका पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।
आन्दोलनरत पक्षलाई प्रदेश सरकारले यसअघि गठन गरेको वार्ता समितिसँग वार्ता गर्न आव्हान गरेको हो । प्रदेश सरकारले गत: मङ्सिर २४ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना नेतृत्वको ५ सदस्यीय समिति गठन गरेको थियो ।
समितिमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापा छन् ।
समितिका सदस्य आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ ।
उनले भने ‘दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएकोले वार्ताको लागि आह्वान गरेको हो ।’