इटहरी : प्रेस चौतारी नेपाल सुनसरीको आठौँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । विकास चाम्लिङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । उपाध्यक्षमा विकल पौडेल, महिला उपाध्यक्षमा सीमा बस्नेत र सचिवमा सुदीप पोखरेल चयन भएका छन् । इटहरीका पोखरेल पछिल्लो पुस्ताका सक्रिय पत्रकार हुन् ।
सहसचिवमा लक्ष्मण कटुवाल, सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाल चुनिएका छन् । सदस्यहरूमा सचिन राई, जीवन विष्ट, मित्र क्षेत्री, निर्मला पौडेल, विकी श्रेष्ठ, मौसमी कार्की, सनम तामाङ, राजन घिमिरे, आदेश गौतम, रुद्रराज शर्मा जमकट्टेल र रूपक पराजुली सर्वसम्मत भए ।
अधिवेशनले केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधिको पनि टुङ्गो लगाएको छ । शुभद्रा प्याकुरेल, शशि कोइराला, भोजराज श्रेष्ठ, कृष्ण बहाव (कृष्णप्रसाद भट्टराई), हिमाल दाहाल, प्रेम बास्तोला, केशव भट्टराई केन्द्रीय प्रतिनिधि परिषद् सदस्य चयन भएका छन् ।
रेवती निरौला, भोला श्रेष्ठ, शैलेन्द्र चौधरी, शिशिर भट्टराई, बाबुराम खड्का, रोमा रिजाल र यशोदा सेने प्रदेश प्रतिनिधि चयन भए ।
बिहीबार केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी सहभागी भएका थिए ।