झापा : झापाको कमल गाउँपालिकामा गए राति आगलागी भएको छ । कमल ५ सितापुरीस्थित सुबास राईको किराना पसल सहित घर पूर्ण रूपमा आगलागी भएर क्षति भएको छ । गए राति ११ बजेतिर बिद्युत सर्ट भई आगलागी सुरु भएको थियो ।

आगो नियन्त्रणमा लिन विभिन्न पालिकाका ५ वटा दमकल, स्थानीयवासीहरू खटिएका थिए । आगो करिब साढे तिन घण्टापछि नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । आगो नियन्त्रणमा लिन समय लागेकाले ठुलो क्षति हुन पुगेको जनाइएको छ ।