धरान : ताप्लेजुङ सिदिङवा गा.पा.-३ का २२ वर्षीय युवक सुरेन्द्र राईलाई भारतबाट ब्राउनसुगर नेपाल ल्याउँदै गरेको अवस्थामा सोमवार मेचीनगर-६ मा प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्दा भारतबाट नेपाल आउँदै गरेका राईसँग १ ग्राम १३० मिलिग्राम ब्राउनसुगर फेला परेपछि उनलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले मङ्गलवार बिहान २ बजे धरान-६ पानमारा जङ्गल सेउती पुलमा बा १५ च ७६३३ नम्बरको गाडी सहित बेवारिसे अवस्थामा राखिएको ४१० किलो गाँजा बरामद गरेको छ ।
यसैगरी प्रहरी चौकी घुस्कीहाट सुनसरीको प्रहरी टोलीले हरिनगर गा.पा.-६ बाट बेवारिसे अवस्थामा सुटकेसभित्र राखेको १९ किलो गाँजा बरामद गरेको छ ।