वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ बगुवामा रहेको भगवती आधारभूत विद्यालयले आफ्नो ५१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधवार विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख आतिथ्यता रहेको थियो । आदर्श माविका पूर्व प्रधानाध्यापक तथा नगर शिक्षा समितिका सदस्य ज्ञानबहादुर पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व अध्यक्ष समाजसेवी ईश्वर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व अध्यक्ष समाजसेवी दिनेश कार्की, समाजसेवी तथा विद्यालयका चन्दादाता अविजाल विष्ट, पुष्प ढुङ्गाना विशिष्ट अतिथि रहेका थिए । पूर्व विद्यार्थीहरू, पूर्व शिक्षक, समाजसेवीहरू, चन्दादाताहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा चन्दादाता अबिजाल विष्ट, योगेन्द्र बस्नेतले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री, विद्यालयलाई खेलकुदको सामाग्री वितरण समेत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर थापाको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीतादेवी राईले विद्यालयको आर्थिक वर्ष २०८०/०८१ को आय/ व्यय तथा भावी योजना प्रस्तुत गरेका थिए । विद्यालयमा आधारभूत तहसम्म अध्ययन गरेर एसइई परीक्षामा ए प्लस ल्याउने विद्यार्थी श्रृष्टि ढुङ्गानालाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन अभिभावक मिलन निरौला र शिक्षक ममता राईले गरेका थिए । कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । तत्कालीन वराहक्षेत्र गाविस वडा नं ५ हालको वराहक्षेत्र नगरपालिका वडा नं १ बगुवामा २०३० सालमा उक्त विद्यालय स्थापना भएको थियो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        















 
         
        

















































 
         
         
        