वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा शिक्षक सिकाइ क्रियाकलापलाई प्रभावकारी र अब्बल बनाउने योजना अनुसार शिक्षकहरूका लागि अङ्ग्रेजी विषयको कार्यशाला कार्यक्रमको आयोजना गरिएको छ । नगरपालिकाकाले उक्त अङ्ग्रेजी विषयको कार्यशाला आयोजना गरिएको हो ।
नगरपालिकाले नेपाल अङ्ग्रेजी भाषा शिक्षक एसोसिएसन जिल्ला कार्यसमिति (नेल्टा) को समन्वय तथा रेल्लो काठमाडौँको प्राविधिक सहयोगमा शिक्षकहरूका लागि अङ्ग्रेजी विषयको कार्यशाला आयोजना गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।

बुधवार र बिहीबार २ दिनसम्म सप्तकोशी बहुमुखी क्याम्पसको सभाहलमा आयोजना भएको कार्यशालामा नगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका १ सय २० जना शिक्षकको सहभागिता रहेको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिए ।
सहभागी शिक्षकहरूलाई नगर प्रमुख रमेश कार्की, वडा नं ५ का अध्यक्ष तथा कार्यशालाका कार्यक्रम संयोजक रोहित काफ्ले, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, वडा नं ६ का अध्यक्ष उद्भव पोखरेल, तथा खेलकुद विकास शाखाका प्रमुख उत्तमराज भारती, नेपाल अङ्ग्रेजी भाषा शिक्षक एसोसिएसन (नेल्टा) का पदाधिकारीले प्रमाण पत्र वितरण समेत गरेका थिए ।
कार्यशालामा रोजर एफ कोहेन रेलो, डा. बलराम अधिकारी, बिश्वराज गौतम, गुणराज नेपाल, केशव भट्टराई, उषाकिरण वाग्ले, पशुराम श्रेष्ठले लगायतका प्रशिक्षकहरूले सहजीकरण गरेका वराहक्षेत्र नगरपालिका वडा नं ५ का अध्यक्ष तथा कार्यशालाका कार्यक्रम संयोजक रोहित काफ्लेले बताए ।