विराटनगर : जेनिथ इन्टरनेशनल कलेजले वार्षिकोत्सवको अवसरमा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान गरेका शिक्षा सेवी प्राध्यापक कृष्ण पोखरेललाई सम्मान गरेको छ ।

पोखरेल सहित सम्मानितहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजयकुमार थपलियाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा ३८ वर्ष बढी प्राध्यापन गरेका पोखरेल पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका पूर्व अध्यक्ष हुन ।

सोही अवसरमा कलेजमा १५ वर्षदेखि कार्यरत भरत साहलाई पनि सम्मानित गरियो । बिबिए र एमबिए अध्ययन पूरा गरेका विद्यार्थीको विदाई र नव आगन्तुकलाई स्वागत गरियो । २०८१ मा भएका खेलकुद प्रतियोगिताहरूका विजयी विद्यार्थीलाई पुरस्कार गरिएको वितरण गरियो ।

कार्यक्रममा उपकुलपति प्राडा थपलिया, व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, कलेजका कार्यकारी अध्यक्ष चौधरी, क्याम्पस प्रमुख कार्यक्रम संयोजक सन्दीप दास श्रेष्ठले लगायतले मन्तव्य व्यक्त गरेका थिए । कलेजमा ३२५ जना विद्यार्थी छन् ।