इटहरी : नेपाल स्काउट कोशी प्रदेशले एकैसाथ तीन हजार युवाहरूको उपस्थितिमा ज्याम्बोरेट आयोजना गरेको छ । माघ २५ गते शुक्रवार देखि २८ गते सोमबारसम्म सञ्चालित चौथो प्रादेशिक ज्याम्बोरेट भव्यताका साथ सुरु भएको हो ।

शनिवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेको ज्याम्बोरेटमा विभिन्न विद्याका साहसिक खेलहरू सुरु भएका छन् । सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा भएको समारोहमा ७० बढी पालिकाका स्काउटरको मार्च पास भएको छ । 

समारोहको उद्घाटनमा स्वागत नृत्य, ब्रास ब्यान्ड सहित मार्चपास प्रस्तुत गरिएको थियो । ज्याम्बोरेटमा स्थानीय तहका स्काउटहरू र स्काउटरहरु र अन्य ६ वटा प्रदेशबाट प्रतिनिधिमूलक रूपमा सहभागिता रहेको छ ।

ज्याम्बोरेटमा विपत्तिबाट कसरी बच्न सकिन्छ र उद्धारमा कसरी भूमिका खेल्ने बारे प्रयोगात्मक अभ्यास गराइन्छ । सहभागी विद्यार्थीलाई समस्याको समाधानको लागि अभ्यास गराउने देखि सहभागिता र सहअस्तित्व भावना विकास गराउने काम हुँदैछ ।

रात्रिकालीन क्याम्प फाइरिङ देखि एक आपसमा सहयोगी भावनाको विकासमा ज्याम्बोरेट प्रभावकारी हुने देखिएको छ । स्काउटको लागि ज्याम्बोरेटलाई ठुलो पर्वको रूपमा लिइन्छ ।

scout-brt-2