धरान : विष्णु मेमोरियल माध्यमिक विद्यालयले गत वर्षको कक्षा १० को एसइई परीक्षामा उक्त स्कुलबाट सर्वोकृष्ट जिपीए ४ प्राप्त गरेकी गृष्मा लुइँटेललाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

स्कुलमा बुधवार बिहान आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रख्यात वैज्ञानिक डा.महावीर पुन, प्रिन्सिपल निलम कुमार श्रेष्ठले पुरस्कार रकमको चेक गृष्माका पितालाई हस्तान्तरण गरेका हुन ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एसइई परीक्षामा धरानमा नै पहिलो पटक जिपीए ४ प्राप्त गरेकीले स्कुलले प्रोत्साहन स्वरूप उक्त पुरस्कार प्रदान गरिएको प्रिन्सिपल श्रेष्ठले बताए ।