धरान : राष्ट्रपति रामचन्द्र पौडेल राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न धरान आउने भएका छन् ।
राष्ट्रपति पौडेलले धरान-८ स्थित धनकुटे रोडमा रहेको श्री राधाकृष्ण प्रणामी मन्दिर स्वर्ण महोत्सवको अवसरमा धर्मशाला, स्वर्ण स्तम्भ र गोपी स्मारक ध्यान साधनालयको समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको संयोजक संस्थापक अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए ।

मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रम्हलिन बाबाजी श्री १०८ गोपी दास महाराजजीको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको उद्घाटन हुने भएको छ।
स्वर्ण महोत्सव पुगेको अवसरमा फागुन ९ गते देखि ११ गते सम्म श्रीमततारम सागर एवंम श्रीमद्भागवत महापुराणको त्रिदिवसीय अखण्ड पाठ पारायण साथै ब्रहमलिन परमहंस बाबाजी श्री १०८ गोपीदास जी महाराजको पावन स्मृतिमा पाठ साथै विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।
महोत्सवमा श्री कृष्ण प्रणामी धर्माचार्य अनन्त श्रीविभुषित जगद्गुरु आचार्य श्री कृष्ण मणि महाराजजी श्री ५ नवतनपुरी धाम जामनगरभारतले धार्मिक पाठ कथा वाचन भजन कीर्तन १०८ पारायण, अखण्ड पाठ पारायणको पूर्णाहुति गर्ने भएका छन् ।
धर्मशाला ३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा रहेको छ। धर्मशालामा १० वटा कोठा गरिब तथा असहायलाई निःशुल्क दिइने संयोजक आचार्यले बताए ।