धरान : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन धरान उपमहानगर समिति अध्यक्षमा राजन कुमार वन चयन भएका छन् ।

सङ्गठनको शनिवार भएको पाँचौँ नगर अधिवेशनबाट उनी सर्वसम्मत चयन भएका हुन ।

समितिको उपाध्यक्ष होमनाथ दाहाल, महिला उपाध्यक्ष गीता चौलागाईं, सचिव फणीन्द्र कुमार खतिवडा, सहसचिव सुमित्रा माया तामाङ, कोषाध्यक्ष गोपाल थापा र सहकोषाध्यक्ष पुष्पलता प्रसाईँ चयन भएका छन् ।

सदस्यहरू देवराज राई, महेश्वर कोइराला, टेक बहादुर राई, जनम माया मग्राती मगर, पदम आले मगर, सागरमणि दाहाल र गोता ढकाल सापकोटा छन् ।