धरान : धरानको सुशिक्षा मन्टेस्वरीले सामाजिक उत्तरदायित्व अन्तर्गत धरानकै प्रसिद्ध धार्मिक स्थल पिण्डेश्वरधाम मन्दिरलाई डस्टविन हस्तान्तरण गरेको छ ।
शिवरात्रिको अवसरमा विशेष रूपमा भेला हुने भक्तजनहरूलाई स्वच्छ वातावरण प्रदान गर्न तथा मन्दिर परिसर सफा राख्न सहज होस् भन्ने उद्देश्यले विद्यालयले आधा दर्जन बढी डस्टविन प्रदान गरेको हो ।

विद्यालयकी प्रधानाध्यापक रश्मी भट्टराईका अनुसार पिण्डेश्वरधाममा पर्याप्त मात्रामा डस्टविनको व्यवस्था नभएको देखेपछि विद्यालयले सानो भए पनि सहयोग गर्ने निर्णय गरेका हौँ । “हाम्रो प्रयासले मन्दिरमा आउने भक्तजनहरूलाई सरसफाइको महत्त्व बुझाउन सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो,“ उनले भनिन् ।
शिक्षा मात्र नभई सामाजिक चेतनाका कार्यहरूमा पनि अग्रसर हुँदै आएको सुशिक्षा मन्टेस्वरीमा बालमैत्री शिक्षण पद्धति, व्यवस्थित भौतिक पूर्वाधार, र गुणस्तरीय शिक्षाका कारण विद्यालयले छोटो समयमा नै अभिभावकहरूको विश्वास जित्न सफल भएको छ । विद्यालय आफ्नै भवनमा सञ्चालन भइरहेको छ, जहाँ सुविधायुक्त कक्षाकोठा, पर्याप्त खेल सामग्री, पोषणयुक्त खानपान, र अनुभवी शिक्षकहरूको टोली रहेको छ ।
शिशु कक्षादेखि यूकेजीसम्म पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयले सिर्जनात्मक शिक्षण पद्धति अवलम्बन गर्दै बालबालिकाको समग्र विकासमा ध्यान दिएको जनाएको छ । “हाम्रो उद्देश्य मात्र शिक्षा दान गर्नु होइन, हामी विद्यार्थीहरूलाई संस्कार, अनुशासन, र समाजप्रतिको उत्तरदायित्वबारे सचेत गराउन चाहन्छौँ,“ प्रधानाध्यापक भट्टराईले बताइन। विद्यालयले
मन्टेस्वरीले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।