धरान : विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीका लागि धरानमा नयाँ परामर्शदाता कम्पनी खुलेको छ । ग्रेश ईन्टरनेशनल प्रालि नेपालको १९ औ शाखा धरानमा खुलेको हो ।
कम्पनीले विधिवत् रूपमा फागुन १७ गते शुक्रवार कार्यालय उद्घाटन गरी सेवा सञ्चालन गर्ने मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा शाखाका अध्यक्ष विशाल राईले जानकारी दिएका छन् ।
कार्यालय धरान-३ सदन रोडमा स्थापना गरिएको छ । पत्रकार सम्मेलनमा ग्रेशको संसारभर ४० भन्दा बढी देशहरूमा शाखा रहेको अध्यक्ष राईले बताए । उनका अनुसार ग्रेसको शाखाहरू अस्ट्रेलिया, केन्या, पाकिस्तान, बङ्गलादेश, न्युजिल्यान्ड, दुबई,  ईन्डोनेशिया, भारतमा ग्रेश ईन्टरनेशनल शाखाहरू छन् ।
कार्यालयको औपचारिक उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघाले र कम्पनीका ब्रान्ड एम्बेसेडर चर्चित क्रिकेटर दीपेन्द्र सिंह ऐरले गर्ने भएका छन् ।
ग्रेस ईन्टरनेशनल ग्रुप प्रालिले धरानमा शाखा स्थापना गरी विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श र सहजीकरण गर्दै भाषा कक्षा समेत सञ्चालन गर्ने अध्यक्ष राईले बताए ।
कम्पनीले अस्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, कोरिया, जापान र दुबई देशहरूमा अध्ययनका लागि जान चाहनेहरूलाई भाषा कक्षाको सुविधा अब धरानमै उपलब्ध गर्ने भएको छ ।
ग्रेशको ईन्टरनेशनलले नेपालमा २० वर्ष अघि देखि विद्यार्थीहरूलाई परामर्श र सहजीकरण सेवा गर्दै आएको राईले बताए । कम्पनीले धरानमा हाल ५ जनालाई रोजगारी दिई रहेको बताइएको छ ।