धरान : लिवर्टी रेसिडेन्सियल स्कुलमा एसइई दिएर उच्च शिक्षा अध्ययन गरिरहेका ८ जना पूर्व विद्यार्थीलाई मङ्गलवार आयोजित वार्षिकोत्सवमा सम्मान गरेको छ ।
स्कुलको १८ औ वार्षिकोत्सव तथा अभिभावक भेलाका अवसरमा पूर्व विद्यार्थी सम्मानित भएका हुन् ।

सम्मानित भएकाहरूमा हाल एयर होस्टेज सावित्रि झा, सिएसआइटीका अमिशा मास्के, विएस्सी नर्सिङ मोनिका प्रधान, एमटेक मेरीलुङ लिम्बु, इलेक्ट्रोनिक्स इन्जिनियर सुमन लिम्बु (क्यानडा), कृति टेलिभिजनमा सञ्चारकर्मी मौसमी कार्की, एमबिबिएस क्रिष्टीना राई, अञ्जना हुक्पाचोङवाङ विएस्सी नर्सिङ (अमेरिका) छन् ।
सम्मानित विद्यार्थीहरुलाई प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य विजय कुमार राई, स्कुल निर्देशक तेजमान लिम्बु, प्रिन्सिपल भगत लिम्बूले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि सांसद राई नेपालको शिक्षा गुणस्तरीय भएकाले विद्यार्थी विश्वभरका मुलुकहरू उच्च शिक्षा हासिल गरिरहेको बताए ।
नेपालको शिक्षा विदेशी मुलुकहरूमा टिकाउ र बिकाऊ मात्र नभएर प्रतिस्पर्धी भएकोले विदेशी मुलुकहरूमा अवसर पाउने क्षमताको रहेको उनको भनाई थियो ।
स्कुलका निर्देशक तेजमान लिम्बूले अभिभावक दिवस औपचारिक रूपमा मनाउने मात्र भन्दा पनि केही नयाँ पन दिऊ भनेर पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको बताए ।
धरान-११ स्थित स्कुल परिसरमा भएको वार्षिकोत्सवमा विद्यार्थीहरूले गीत नृत्य प्रस्तुत गरेका थिए । चेतना मूलक कार्यक्रमहरू समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा धरान-११ का वडाध्यक्ष लोकेन्द्र फागो, प्याव्सन धरानका अध्यक्ष दीपक घिमिरे हिविस्कस स्कुलका गङ्गाराम राई, देउराली चिल्ड्रेनका पृथ्वी राईका मगर लगायत उपस्थित थिए ।