धरान : नेपाली सिनेमाकी चर्चित नायिका करिश्मा मानन्धर सहित प्रसिद्ध अभिनेताहरूको हिजो बिहीबार बेलुकी पख धरानको प्रसिद्ध धार्मिक स्थल बुढासुब्बा मन्दिर परिसरमा जमघट थियो ।
जमघटमा करिष्मा सहित नेपाली चलचित्रका अभिनेता धिरेन शाक्य, प्रशान्त तामाङ, राजेन्द्र खड्की, प्रेम सुब्बा, किशोर सम्बाहाम्फे लगायत थिए ।

उनीहरूले बुढासुब्बामा पूजा अर्चना गरी नयाँ नेपाली चलचित्र सुटिङको शुभ मुहूर्त जुराएका छन् । कथा तथा निर्देशक भीम लामा रहेको ‘लडाई पहिचानको’ नामक चलचित्रको शुभ मुहूर्त सँगै छायाङ्कन हिजै देखी सुरु गरिएको छ ।
शुभ मुहूर्त चलचित्रकर्मी महासङ्घ कोशी प्रदेश अध्यक्ष अरुण प्रधान र याक्थुङ चलचित्रकर्मी सङ्घका अध्यक्ष नवीन मेन्याङ्बोले गरे ।
चलचित्रमा नायक धिरेन शाक्य, नायिका करिश्मा मानन्धर, छन् । साथमा प्रशान्त तामाङ, खलनायकमा राजेन्द्र खड्कीको प्रमुख भुमिका रहने बताइएको छ ।
चलचित्रमा वरिष्ठ अभिनेता प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, सुरबिर पण्डित, शर्मिला राई, रोशन शर्मा, रामजी विष्ट, जेनि घिसिङ लगायतको भूमिका रहने छ ।
‘लडाई पहिचानको’ निर्माता भीम लामा, उमेश तामाङ, छिरिङ लामा रहेका छन् । पटकथा भीम लामा, सरोज केसी, रमेश विशुङखेले तयार गरेको हुन । नृत्य निर्देशक मनि राई छन् ।
नेपाली समाजको वर्तमान सामाजिक कथावस्तुमा आधारित रहेर ‘लडाई पहिचानको’ बन्न लागेको हो । फिल्मको छायाङ्कन धरान लगायत विभिन्न स्थानमा हुने बताइएको छ ।