वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाको ११ वटै वडामा वृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।
नगरपालिकाको ९औँ स्थापना दिवसको अवसरमा नगरपालिकाले तय गरेको ३ दिवसीय कार्यक्रम अन्तर्गत सोमबार बिहान ११ वटै वडामा वडा कार्यालयको सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।

नगरपालिकाले फाल्गुन २६, २७ र २८ गतेलाई स्थापना दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार सोमवार पहिलो कार्यक्रमको रूपमा वडाध्यक्षहरूको संयोजकत्वमा वडाहरूमा वृहत् सरसफाइ कार्यक्रम आयोजना भएको हो ।
वडाध्यक्षहरूको संयोजकत्वमा आयोजना भएको सरसफाइ कार्यक्रम नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल सहित स्थानीय क्रियाशील राजनैतिक दलका पदाधिकारीहरू, जनप्रतिनिधिहरू, सम्पूर्ण सङ्घ तथा संस्थाका पदाधिकारीहरू, पूर्व जनप्रतिनिधिहरू, व्यापारी, युवा, उद्योगी, समाजसेवी, शिक्षक, विद्यार्थी, पत्रकार, बुद्धिजीवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगीहरूको सहभागिता रहेको थियो ।
स्थापना दिवसकै अवसरमा तीन दिन साँझ दीप प्रज्वलन, माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, रक्तदान, नगर स्तरीय रोड रेश प्रतियोगिता आयोजना गरिने छ ।
२०७३ फाल्गुन २७ गते तत्कालीन वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ विकास समिति मिलेर हालको वराहक्षेत्र तत्कालीन वराहक्षेत्र नगरपालिका सुनसरीको कान्छो नगरपालिकाको रूपमा घोषणा भएको थियो ।
नगरपालिका घोषणा भएको अवसरलाई उत्सवको रूपमा लिएर स्थापना दिवश मनाउँदै आएको वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले बताए ।