धरान : धरान रङ्गशालामा जारी २५औँ गोधुली रनिङकपको शनिवार राती भएको खेलमा धरान-१५ ले २-० गोलले धरान-८ लाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धापूर्ण खेलमा धरान-१५ का एरिक गुरुङले २५औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको ३९ औँ मिनेटमा निकेश राईलेले १ गोल गर्दै खेललाई २-० गोलले अग्रता दिलाए । सोही गोल खेलको निर्णायक बन्यो ।

खेलको म्यान अफ दि म्याच धरान-१५ का एरिक गुरुङ घोषित भए । आज आइतबार साँझ ५ बजे देखि २ म्याचमा धरान-९ र धरान-१४ एवं धरान-१ र धरान-४ बिच कडा प्रतिस्पर्धा हुनेछ ।
चैत २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । धरान-२ र धरान-७ प्रतियोगितामा सहभागी नरहेको आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले बताएका छन् ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको टिम स्वर्गीय सुवास राई स्मृति सुपर-८ प्रतियोगितामा सहभागी हुनेछ ।