धरान : धरान-१७ श्री मावि स्थित बास्केटबल कोर्टमा जारी हराइजन कप राष्ट्रिय बास्केटबलको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी र धरान कालो प्रवेश गरेका छन् ।

तेस्रो दिन आज सोमवार भएको पोल ‘ए’ बाट त्रिभुवन आर्मीले प्रतिस्पर्धात्मक खेलामा विशाल मिलन केन्द्रलाई ८९-७६ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा धरान कालोले मोरङलाई ७१-५८ अङ्कले पराजित गर्दै पोल ‘वि’बाट फाइनलको यात्रा तय गरेको हो ।

भोलि मङ्गलवार हुने फाइनल खेलमा पोल ए च्याम्पियन त्रिभुवन आर्मी र पोल बि च्याम्पियन धरान कालो फाइनल खेलमा प्रतिस्पर्धा गर्ने सुनिश्चित भएको छ ।

खेलको पहिलो चरणको पहिलो क्वाटरमा खेलमा १३-२५ अङ्कको अन्तरले त्रिभुवन आर्मी पछि परेको थियो । भने खेलको दोस्रो चरणमा पहिलो क्वाटरमा २०-८को फरकले मोरङ पछि परेको थियो ।

पहिलो चरणको खेल दोस्रो र तेस्रो  क्वाटरमा त्रिभुवन आर्मीले १५-१४ र २१-१८ अङ्कको अग्रता बनाउँदै खेलमा फर्किएका थियो ।

चौथो क्वाटरमा भने त्रिभुवन आर्मीले २४-१४ अङ्कले अग्रता लिएको थियो ।

दोस्रो चरणको दोस्रो र तेस्रो क्वाटरमा धरान कालोले १५-१४, २१-१८ र १८-१८ अङ्कको अग्रता बनाउँदै खेलमा फर्किएको थियो । चौथो क्वाटरमा भने धरान कालो र मोरङले १८–१८ अङ्कको बराबरी गरेका थिए ।

खेलको म्यान अफ दि म्याच  त्रिभुवन आर्मीका कृष्ण घोताने र धरान कालोका सर्वधन राई  घोषित भए ।

प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।