धरान : एलाइनेट जिमद्वारा आयोजित कोशी प्रदेश शारीरिक सुगठन प्रतियोगिताको ‘मिस्टर कोशी’ उपाधि बेलबारी लालभित्तिका पुष्प शङ्करले प्राप्त गरेका छन् ।

डाईमण्ड जिम बेलबारीबाट प्रतियोगितामा प्रतिस्पर्धा गरेका शङ्कर एलाइनेट जिमको छैटौँ ‘मिस्टर कोशी’ घोषित भएका हुन ।

धरान-१३ अमर सेवा समाजको कभर्डहलमा शनिवार भएको एलाइनेट जिम धरानको २२औँ शारीरिक सुगठन प्रतियोगितामा उपाधि विजेता पुष्प शङ्कर ७५ केजी तौल समूहबाट विजेता बन्दै फाइनलमा प्रवेश गरेका थिए ।

उनले उपाधि सँगै नगद १ लाख २५ हजार, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा पपुलर जिम फिटनेश पथरीका अजय मरिक उपविजेता रहे । तेस्रो स्थान क्लासिक फिटनेश काकडभित्ताका रमेश फम्बो लिम्बूले प्राप्त गरे ।

प्रतियोगितामा बडी ग्यारेज बिर्तामोडका प्रेमराज राजवंशीले चौथो स्थान र भिजन फिटनेश धरानका सुरेन्द्र राईले पाँचौँ स्थान हासिल गरे । उनीहरूले क्रमशः नगद ५० हजार, ४० हजार, ३० हजार र पाँचौँले नगद २० हजार रुपैयाँ पुरस्कार तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा ५५ केजी तौल समूह वाट ५ जना, ६० केजी वाट ६ जना, ६५ केजी वाट ५ जना, ७० केजी र ७५ केजीबाट ३/३ जना गरी २२ जना उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायक केशव श्रेष्ठ र सिता राई श्रेष्ठ थिइन् ।

6th-Mr.-koshi-01

6th-Mr.-koshi-02