धरान : एसइई परीक्षा दिएर नतिजा पर्खी बसेका विद्यार्थीहरूकालागि वैशाख ३ देखी बास्केटबल ट्यालेन्ट हन्ट प्रशिक्षण शिविर सञ्चालन हुने भएको छ ।

प्रशिक्षण धरान बास्केटबल सङ्घको १०औँ शिविरको रूपमा आयोजना गरिने भएको सङ्घले जनाएको हो । शिविर सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग, धरान उपमहानगरपालिकाको संयोजनमा हुदैछ ।

प्रशिक्षणको मुख्य उद्देश्य बास्केटबल खेलको विकास तथा खेलाडी उत्पादन गर्न आयोजना गरिएको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए ।

उनका अनुसार एसइई दिएका विद्यार्थी लक्षित शिविर भएपनि बास्केटबल खेल्न इच्छुक सबैलाई क्याम्पमा सहभागी गराइने छ । प्रशिक्षणमा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई धरानका कलेजहरूमा छात्रवृत्तिका लागि सिफारिस पनि गरिने अध्यक्ष सुवेदीले बताए ।

अघिल्लो वर्ष दुई दर्जन महिला पुरुष विद्यार्थीहरूलाई धरान मेघा हिमालयन कलेज र डिपो स्कुलमा कक्षा ११ र १२ कक्षाका लागि छात्रवृत्ति प्रदान गर्न सिफारिस गरिएको थियो । सङ्घले हाल सम्म २०० बढी विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि सिफारिस गरेको बताइएको छ ।

प्रशिक्षण शिविर ३ हप्ता चल्नेछ । धरान-१६ धरान रङ्गशालाको इन्डोर बास्केटबल कोर्टमा शिविर सञ्चालन हुनेछ ।

प्रशिक्षार्थीहरूलाई बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, राष्ट्रिय बास्केटबल खेलाडी डा। आशा राई, कोसी प्रदेश बास्केटबल खेलाडी सुसन श्रेष्ठ, दिवस राई, आस्था राई, एल्भिना गुरुङ्ग, निवा लिम्बू, शीतल तामाङ, युगल लिम्बू, चिरञ्जीवी गिरि लगायतले प्रशिक्षण दिनेछन् ।basket-ball-123