धरान : आधारभूत तहको शैक्षिक गुणस्तर विन्दु कायम गर्ने कुरामा धरानका संस्थागत निजी स्कुलहरूको नतिजा पनि उत्साहजनक देखिएको छैन ।
कक्षा ८ को परीक्षा नतिजामा ३ दशमलव ६ देखि ४ जिपिएलाई देशभर गुणस्तर विन्दु कायम गरिएकोमा धरानका ३२ संस्थागत निजी स्कुलको नतिजा शून्य रहेको छ ।
धरान उपमहानगरका कुल ७० वटा संस्थागत निजी स्कुलहरूका २ हजार ३१६ जना विद्यार्थी यसपालि कक्षा ८ आधारभूत तहको परीक्षामा सामेल थिए । फागुन २५ देखि चैत ४ सम्म परीक्षा चलेको थियो ।
धरान उपमहानगरपालिका शिक्षा महाशाखाको तथ्याङ्क अनुसार ७० स्कुलबाट २ हजार ३१६ जना विद्यार्थी मध्ये १ हजार ३४७ पास भएका छन् भने ९६९ जना फेल भएका छन् ।
गुणस्तर विन्दुको पास हुने न्यूनतम २ दशमलव ४ देखी २ दशमलव ८ जिपिए ल्याउनेहरू भने धेरै पास भएका छन् ।
विषय लाग्ने विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने छ । ग्रेड वृद्धि परीक्षा वैशाख ७ गते तोकिएकोमा शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित भरिएको छ ।
निजी स्कुलहरूले महँगो शुल्क असुलेको गुनासो बढी रहको बेला परीक्षाको निराशाजनक नतिजाले अभिभावकहरू रुष्ट बनेका छन् ।
३२ स्कुल ३.६-४ जिपिए ल्याउन असफल
शिक्षा महाशाखाको परीक्षा नतिजा तथ्याङ्क अनुसार धरान-१ को धरान आदर्श, विजयपुर बोडिङ, धरान-९ को प्रभात बोर्डिङ, धरान-१८ को माउण्ट हर्मन, धरान-१३ को लोटस बोर्डिङ, धरान-१५ को धरान मोडल स्कुल, धरान-१६ को धरान लिगामेन्ट, धरान-८ को सुन्नीमा सेकेन्डरी, धरान-१७ को ईष्ट्रन एजुकेसन एकेडेमी, धरान-७ को पदम मेमोरियल गुणस्तर विन्दु सम्म पुग्न सकेको देखिएन ।
यस्तै धरान-१५ को युनाईटेड नेशनल, धरान-१० को सत्य शिशु निकेतन, धरान-१८को जेम सेकेन्डरी बोडिङ, धरान-८ को अरनिको मेमोरियल, धरान-१९ को आवर होम ईग्लीस बोडिङ, धरान-१५ को ज्ञानोदय सेकेण्डरी बोडिङ, धरान-१५ को धरान स्कलर्स एकेडेमी, धरान-११ को माउण्ट मोरिया, धरान-१७ को सेन्ट जोसेफले पनि नतिजामा उक्त विन्दु सम्म पुग्न सकेन ।
साथै धरान-१३ को सत्य साई, धरान-१७ को एक्वा डनसेटी, धरान-११ को ज्ञान कुञ्ज, धरान-१२ को सुनाखरी एकेडेमी, धरान-८ को विद्या भूषण, धरान-१५ को सिर्जना ईग्ङलीस बोर्डिङ, धरान-९ को समिट सेकेण्डरी र ओसिस ईग्ङलीस बोर्डिङ पनि ३.६-४ जिपिए ल्याउन असफल रहेका छन् ।
७० वटा स्कुलमा ९६९ जना फेल
परीक्षा नतिजा तथ्याङ्क अनुसार धरान आदर्शबाट ३६ जनाले दिएको परीक्षामा २० जना पास, विजयपुरबाट २५ जनाले दिएको परीक्षामा ११ जना पास, कार्मेल बोर्डिङबाट ६२ जनाले दिएको परीक्षामा २५ जना पास, प्रभात बोर्डिङबाट २० जनाले दिएको परीक्षामा १४ जना पास भएका छन् ।
माउण्ट हर्मनबाट ३८ जनाले दिएको परीक्षामा २९ जना पास, लोटस बोर्डिङबाट ३३ जनाले दिएकोमा २८ जना पास, धरान मोडलबाट २१ जनाले परीक्षामा दिएको परीक्षामा १४ जना पास, धरान लिगामेन्टबाट १८ जनाले दिएकोमा १४ जना पास, प्रभात सेकेण्डरीबाट २३ जनाले दिएकोमा १० जना पास भएका छन् ।
युनाईटेड गोर्खाको ३४ मध्ये २३ जना पास, हिविस्कस बोर्डिङको २९ मध्ये २८, सुम्निमाको ११ मध्ये ९, सुनगाभाको २२ मध्ये १८, ईष्टन एजुकेसनको ३१ मध्ये १७, पदम मेमोरियलको ९ मध्ये ३, लिवर्टी रेसिडेन्टलको २५ मध्ये १२, युनाईटेड नेशनलको २१ मध्ये १०, सत्य शिशुको २१ मध्ये १५, होलील्याण्डको ५२ मध्ये ४३ पास भएका छन् ।
जेम सेकेण्डरीको २० मध्ये ११, विष्णु मेमोरियल १४४ मध्ये १४२, अरनिको मेमोरियलको ११ मध्ये ६, जुनियर पाईनरको ५० मध्ये ४९, आवर होमको ७ मध्ये २, डिपोटको १०६ मध्ये ८४, भिक्टोरी रेसिडेन्सीयल धरान-११ बाट १४ मध्ये ९, नवज्योतिको ६३ मध्ये ४७, धरान स्कलर्सको ९ मध्ये ८, मेरील्याण्डको २१ मध्ये १० जना पास भएका छन् ।
सिद्धार्थ शिशुको ३४ मध्ये ३१, नवोदय विद्या मन्दिरको २९ मध्ये १५, माउण्ट मोरियाको ९ मध्ये २, जेनिथ ईग्ङलीस बोर्डिङको ११ मध्ये ३, चिल्ड्रेन एकेडेमीको ६८ मध्ये ५८, सेन्ट जोसेफको ३९ मध्ये १९, सत्यसाईबाट १३ मध्ये ९, केके ईन्टरनेशनल धरान-१५ को ६८ मध्ये ६४, एक्वा डेनसिटीको २० मध्ये १६, ज्ञान कुञ्जको १७ मध्ये १० जना पास भएका छन् ।
सुनाखरी एकेडेमीको ४१ मध्ये ३६, बुद्ध आदर्श धरान-९ बाट २३ मध्ये १४ मध्ये १६, नेपाल पुलिसको २०६ मध्ये १५४, धरान मेघा हिमालयको ३२ मध्ये २०, च्यापिएन सेकेन्डरीको १७ मध्ये १३, सियोनको ७३ मध्ये ४९, विद्या भूषणको १७ मध्ये ७, ईमान्युयलको ३२ मध्ये २० जना पास भएका छन् ।
सिर्जनाको १० मध्ये ६, आइडियलको २९ मध्ये २७, युरेकाको १०३ मध्ये ७५, समिटको १९ मध्ये १०, नोबेल एकेडेमीको ११ मध्ये १०, जोल केयल एकेडेमीको १३ मध्ये ६, देउराली चिल्ड्रेन एकेडेमी धरान-५ को ३३ मध्ये ३१, राईजिङ ईग्ङलीसको १८ मध्ये१७, डिपी विलिर्भस धरान-५ को १९ मध्ये १७ जना पास भएका छन् ।
शत प्रतिशत पास गर्ने ६ विद्यालय
धरान-१५ को कोशी बोर्डिङको ६ मध्ये ६, धरान-१५ को एभरेष्ट चिल्ड्रेन बोर्डिङको २८ मध्ये २८, धरान-६ को शिक्षा सन्देशको १६ मध्ये १६, धरान-१९ को ओसिस बोर्डिङको ५ मध्ये ५, धरान-१३ को सैनिक आवासीयको १३६ मध्ये १३६, धरान आशा एकेडेमीको १६ मध्ये १६ जना पास भएका छन् ।