धरान : धरान उपमहानगरका कुल ५९ वटा सामुदायिक मध्ये २ विशेष, मावि १८ सहित २० वटा विद्यालयका १ हजार ११५ जना विद्यार्थीले कक्षा ८ आधारभूत तहको परीक्षा दिएकामा ३ वटा विद्यालयको नतिजा शून्य आएको छ ।

कक्षा ८ को नगर स्तरीय परीक्षा फागुन २५ देखि चैत ४ सम्म भएको थियो । शिक्षा महाशाखाको तथ्याङ्क अनुसार २० स्कुलबाट १ हजार ११५ जना विद्यार्थीमा ३०८ जना मात्र उत्तीर्ण भएका छन् । ३८८ जना फेल भए ।अनुत्तीर्ण भएकाहरूमा २ विषयमा अनुत्तीर्ण ४२० जना र ३ विषयमा अनुत्तीर्ण १२४ जना र ३ भन्दा बढी विषयमा अनुत्तीर्ण २६४ जना रहेका छन् ।

विषय लाग्ने विद्यार्थीले पुन परीक्षा दिनुपर्ने छ, भने ग्रेड वृद्धि परीक्षा वैशाख ७ गते तोकिएको छ ।

तर सामुदायिक स्कुलका शिक्षकहरूको आन्दोलनका कारण परीक्षा परीक्षा नै अनिश्चित भएको छ । आन्दोलनरत शिक्षकहरूले परीक्षा रोक्न धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङ लाई ज्ञापन पत्र समेत दिएका छन् ।

धरानका शिक्षकहरू ४ दिन देखी भानु चोकमा शान्ति पूर्ण आन्दोलन गरी रहेका छन् । शिक्षकहरूले २४ बुद्धे माग सहित २०८१ फागुन २५ गते देखि सुरु गरेको काठमाडौँ केन्द्रित आन्दोलनको निरन्तरताका रूपमा धरानमा उनीहरू पनि सडकमा उत्रिएका हुन ।

विद्यालय कर्मचारी दरबन्दी निर्धारणको माग समेत रहेकाले स्कुलहरू प्रायः ठप्प छन् । विद्यालयको नयाँ शैक्षिक सत्र सुरु हुने समयमा सामुदायिक स्कुलका शिक्षक आन्दोलनमा रहेकाले निजी स्कुलहरूलाई नाफा दिलाएको अभिभावकहरूले गुनासो गरेका छन् ।

विद्यार्थी भर्नाको समयमा भएको आन्दोलनले निजी बोडिङहरुले भर्ना सुरु गर्न थालेको धरानका अभिभावकहरू बताउँछन् । धरानका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर भने घटेको कुरा कक्षा ८ को खस्किएको नतिजाले पुष्टि गरेको उनीहरूको भनाई छ ।

३ वटा विद्यालयको नतिजा शून्य 

कक्षा ८ को आधारभूत तहको परीक्षा सञ्चालन भएको मध्ये ३ वटा विद्यालयको नतिजा शून्य आएको छ । शून्य नजिता आएको विद्यालयहरू भगवती मावि धरान–१६ बाट ११ जनाले परीक्षा दिएका थिए ।

त्यस्तै श्री माध्यमिक विद्यालय धरान–१७ बाट २९ जनाले परीक्षा दिएका थिए । बद्रीनाथ मावि धरान– १५ बाट १८ जनाले कक्षा ८ को परीक्षा दिएका थिए ।

२ विद्यालयबाट १/१ जना मात्र पास 

धरान ८ स्थित सहिद स्मृति माविबाट १ जना र धरान १७ को ज्वालामुखी माविबाट १ जना मात्र पास भएका छन् । धरान ११ ज्ञानोदय माविबाट २ जना र पञ्चकन्या मावि धरान १७ बाट ३ जना मात्र पास भएका छन् ।

सहिदबाट ४२ जना र ज्वालामुखीबाट ४१ जनाले परीक्षा दिएका थिए । भने ज्ञानोदयबाट ८३ जना साथै पञ्चकन्या बाट ५३ जना परीक्षार्थीले परीक्षा दिएका थिए । 

४ विद्यालयबाट ४/४ जना मात्र पास

धरान १४ को दन्तकाली स्कुलबाट ४ जना , धरान १९ को किरातेश्वर माविबाट ४ जना र धरान १० को पञ्चायत माविबाट ४ जना र धरान १६ को शारदा बालिका माविबाट ४ जना मात्र विद्यार्थी पास भएका छन् । भने धरान २ मा रहेको शिक्षा निकेतन मावि ६ जनाले मात्र पास गरेका छन् ।

दन्तकालीबाट २० जना, किरातेश्वरबाट २२ जना,पञ्चायत माविबाट २१ जना,शारदा बालिकाबाट ४७ जना विद्यार्थीले परीक्षा दिएका थिए । भने शिक्षा निकेतन माविबाट ६८ जनाले परीक्षा दिएका थिए । 

धरानको कुन स्कुलबाट कति पसा भए ? 

धरान–१५ स्थित शिक्षा सदन माविबाट १६७ जनाले परीक्षा दिएकोमा १७ जना मात्र उत्तीर्ण भए । धरान–३ को भानु स्मृतिबाट २८ जना परीक्षार्थी मध्ये ९ जना मात्र पास भए । धरान–१३ पब्लिक फुस्रेबाट ३५ जना परीक्षार्थी मध्ये १२ जना मात्र पास भएका छन् ।

यस्तै धरान–५ को हिमाली माविबाट ७३ जनाले परीक्षा दिएकोमा २६ जना मात्र पास भए । धरान–१९ को ल्यावोरेटी माविबाट ३३ जनामा ११ जना पास भए । धरान–६ को सरस्वती माविबाट ८० जना मध्ये ३४ जना मात्र पास भए ।

धरान–१२ को पब्लिक हाई स्कुलबाट २ सय जनाले परीक्षा दिएकोमा १५६ जना पास भएको छन् ।

ble-result