धरान : एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरु विच कोशी प्रदेश एसइई स्पिकर २०८१ प्रतियोगीताको सेमीफाइनलमा २३ जना प्रतिस्पर्धी प्रवेश गरेका छन् ।

प्रतियोगीताको आइतवार सम्पन्न दोश्रो चरणमा ३४ जना सहभागी थिए । उनिहरु मध्येबाट २३ जना सेमीफाइनलका लागि छनोट भएका हुन ।

सेमिफाइनलमा पुग्नेहरुमा शिक्षादीप एकेडेमी इटहरीका समिक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल धरानका सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुलका  जिज्ञासा भट्टराई, साक्षी मिश्र र आयुषा पौडेल छन ।

यसैगरी हिबिस्कस इङलिस बोर्डिङ स्कुलबाट दिबिका राई, एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी स्कुल पानबारीका निशान बिश्वकर्मा, सरस्वती मा।बि।पानबारीकै निर्मला भण्डारी र आयुषा आचार्य सेमिफाइनलमा प्रबेश गरेका छन ।

होली बेल इङलिस सेकेण्डरी स्कुल झापाका आबिस्कार राउत, इटहरीको बेबिलोन सेकेण्डरी बोर्डिङका होमिता पोख्रेल,भरोल बाल मन्दिर इङ्लिस स्कुल बराहक्षेत्रकी सलिना राई, ब्लुम नेपाल स्कुल इटहरीका शुभम पोख्रेल, पर्बत सेकेन्डरी स्कुल धरानका निङ्साङ लिम्बु र पिक्सि राई सेमीफाइनलमा प्रवेश गरेका छन् ।

डिपोट सेकेन्डरी स्कुलकी रोशनी नेपाल, कार्मेल हाईस्कुलकी पुजा लिम्बु  रहेका छन। त्यस्तै भानु स्मृति मा।बि। धरानका प्रतीक्षा तामाङ, सियोन स्कुलकी सोनिया राई, केके इन्टरनेसनल स्कुलकी तपस्या भण्डारी, जेम सेकेण्डरी बोर्डिङ धरानका सन्जिना राई र सुनाखरी एकेडेमीकी नाबिया सरखाना प्रबेश गरेका छन ।

प्रतियोगीता र्याडीकल लाईट नेपाल धरानको आयोजनामा हुँदै आएको पाँचौं संस्करण हो ।  दोश्रो चरणको प्रतियोगीता धरान–३ कम्पनी कार्यालयको हलमा भएको थियो ।

प्रतियोगिताका निर्णायकहरुमा महेन्द्र क्याम्पसका उपप्राध्यापक राजेश बिद्रोही र सैनिक आवासीय माविका अङ्ग्रेजी शिक्षक डिल्लीराम कट्टेल थिए ।