धरान : प्रहरीले इलाम–६ का २२ वर्षीय सन्तवीर तामाङ,२९ वर्षीय विजय नेम्बाङ लिम्बु, सन्दुकपुर–४ का ३० वर्षीय चेत बहादुर गुरुङ इलाम–७ का २७ वर्षीय सुप्रिम देवान, इलाम–८ का ३१ वर्षीय रोहित आलमलाई बिहीबार ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई इलाम–६ बाट जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ३ ग्राम २५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी मोरङ केराबारी गापा–१० का २२ वर्षीय बिर बहादुर तामाङलाई ३ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर सहित लागू औषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले विराटनगर–१५ बाट पक्राउ गरेको छ ।

मोरङ मिक्लाजुङ–६ घर भई हाल दमक–८ बस्ने २८ वर्षीया मिना लिम्बु राईलाई १ ग्राम ब्राउन सुगर सहित झापाको मेचीनगर–६ बाट लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।