धरान : मरीक फुटबल क्लबले २-१ गोलले ब्रदर फुटबल क्लब केराबारीलाई पराजित गर्दै पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।

धरान रङ्गशालामा आज आइतबार सम्पन्न ६० मिनेटको फाइनल खेलमा मरीक फुटबलका अशोक खवासले दोस्रो हाफको १६ औँ मिनेट गोल पहिलो गोल गरी विजयी सुरुआत गरेका थिए ।

दोस्रो हाफको १८ औँ मिनेटमा विनोद राईले अको गोल गर्दै मरीक क्लबलाई अग्रता दिलाए । अन्ततः सोही गोल फाइनल खेलको निर्णायक बन्यो ।

यसअघि ब्रदर फुटबल क्लब केराबारी मोरङका युगेन राईले पहिलो हाफको १५ औ मिनेटमा फाइनलको पहिलो गोल गरे तापनि निर्धारित समयमा थप गोल गर्न सकेन ।

विजेता मरिक क्लबले उपाधिसँगै नगद १ लाख सहित ट्रफि र मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता ब्रदर फुटबल क्लबले नगद ५० हजारमा चित्त बुझाउनु पर्‍यो ।

खेलको म्यान अफ द म्याच मरीक फुटबलका विनोद राई घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । व्यक्तिगत विधामा मरीक क्लबका उत्कृष्ट डिफेन्स बिकु राई, सर्वाधिक गोलकर्ता तिलक लावती, उत्कृष्ट गोलकिपर निशान थापा मगर घोषित भए ।

ब्रदर फुटबल क्लबका उत्कृष्ट मिडफिल्डर सलोन जिमी, उत्कृष्ट खेलाडी सुजन मगर घोषित भए । उत्कृष्ट घोषित खेलाडीहरूलाई जनही नगद १० हजार सहित मेडल तथा ट्रफी प्रदान गरियो ।

साथै उत्कृष्ट कोच मरीक फुटबल टिम घोषित हुँदै नगद ५ हजार थप प्राप्त गर्यो । प्रतियोगिताको राईजिङ्ग प्लेयर धरान सिटी फुटबल क्लबका दीपक गिरी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।

नेचर क्लब धरानको आयोजनामा भएको प्रतियोगिता वैशाख ८ गतेदेखि सुरु भएको थियो ।