धरान : माओवादी निकट ट्रेड युनियन महासङ्घले १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसमा आयोजित रक्तदान कार्यक्रम बिच आज बुधवार धरानका २ अग्रज श्रमिक द्वयलाई सम्मान गरेको छ ।

मे १ को दिवसको अवसरमा नेकपा माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ सुनसरीले २ जना मजदुरलाई सम्मान गरेको छ ।

मजदुरको क्षेत्रमा विशेष योगदान पुर्‍याएकोमा १०३ बर्षिया नरबहादुर लिम्बु र ७१ वर्षीय सफारी चालक दुर्गाबहादुर कटुवाल सम्मानित भएका हुन । उनीहरूलाई धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाले सम्मान पत्र प्रदान गरे ।

महासङ्घ सुनसरीको आयोजना, वाईसियल नेपाल धरानको सहयोगमा भएको रक्तदानमा ३२ प्रिन्ट रगत सङ्कलन भएको महासङ्घका सुनसरी अध्यक्ष लीला बहादुर प्रधानले बताए । महासङ्घले मजदुर दिवसमा प्रत्येक वर्ष श्रमिकलाई सम्मान गर्दै आएको छ ।

रक्तदान कार्यक्रममा ट्रेड युनियन महासङ्घ प्रदेश अध्यक्ष टिका प्रसाईँ, माओवादी केन्द्रका नगर अध्यक्ष उद्धव लिम्बु लगायत नेताहरूको उपस्थिति थियो । महासङ्घले भोली मे १ को अवशरमा बिहीबार इटहरीमा सुनसरीका श्रमिकहरूको वृहत् र्‍याली प्रदर्शन सहित मजदुर दिवसमा सरसफाइ कार्यक्रम गर्दैछ ।

raktadan