वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले बिहिवार चतरा बजारमा अनुगमन गरेको छ । नगरपालिकाको नियमित बजार अनुगम कार्यक्रम अन्तर्गत उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि नगरपालिकाको अनुगमन टोलीले चतरा बजारका पसलहरू अनुगमन गरेको हो ।
नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीका अनुसार अनुगमनको क्रममा बजारमा रहेको होटलको किचन , सरसफाई , पसलहरूबाट म्याद नाघेका खाद्य सामाग्री, चिसो पदार्थहरू, पेडा पसल , मसला जन्य सामाग्रीहरू, घिउ, बिस्कुट, गैर खाद्यान्नका सामाग्रीहरू लगायतका फेला पारेर नष्ट गरिएको थियो ।
किचन र सरसफाईमा समस्यामा भएका होटल , म्याद नाघेको सामाग्री फेला परेको पसल, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसल र होटेलहरूलाई जरिमाना समेत गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए ।
उपभोक्ताको हित विपरीत सञ्चालन भएका उद्योग, पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, होटलमा सरसफाई , ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको अनुगमन गरिएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारीले बताईन् ।
नगर उपप्रमुख नन्दकुमारी सुनुवारीको नेतृत्वमा भएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग बाणिज्य संच चतराका अध्यक्ष कृष्ण कटेल , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुनसरीका प्रमख खाद्य निरीक्षक सौरव श्रेष्ठ, खाद्य निरिक्षक उज्लब कोइराला, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
वजार अनुगमन प्रभावकारी बन्दै :
वराहक्षेत्र नगरपालिकाले नियमित गर्दै आएको वजार अनुगमन प्रभाबकारी बन्दै आएको छ । नगरपालिकाले उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि गर्दै आएको बजार अनुगमले व्यपारी र आम उपभोक्ताहरुलाइ खवरदारी र सचेत बनाउन भुमिका निर्वाह गरेको उद्योग बाणिज्य संच चतराका अध्यक्ष कृष्ण कटेले बताए ।
पेडा पसलहरु दर्ता, साना पसल राख्ने व्यपारीहरुलाइ डिलरहरुले बनाएको समस्या बारे जानकारी,उद्योगीहरुको गैरकानुनी कार्य र चलाखीपनको बिषयमा कानुनी उपाय,होटलहरुको सरसफाई , दर्ता, नबिकरण लगागत म्याद नाघेका सामाग्री , बिल बिजक,४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको प्रयोग जस्ता बिषयमा अनुमन प्रभावकारी बनेको उद्योग बाणिज्य संघ चतराका अध्यक्ष कटेलको बताउछन् ।
उपभोक्ताको हित बिपरित उपभोक्ताहरूको अधिकार सुनिश्चिततालाई मध्यनहर नगरि ब्यवसाय गर्दे आएका व्यपारीहरुलाई नगरपालिकाले गरेको जरिमानाले व्यपारीहरुलाई सचेत बनाउने गरेको उनको बुझाई रहेको छ ।