धरान : जसपाका सह अध्यक्ष रकम चेम्जोङले लिम्बुवान प्राप्तिका लागि पहिचानको आन्दोलन मदेशसँग जोडिएर जानुपर्ने बताएका छन् । उनले मधेस र लिम्बुवानको सहकार्य र एकता निरन्तर रहनु पर्ने बताएका हुन ।  
लिम्बुवान राष्ट्रिय समितिको प्रथम अधिवेशनमा उनले सङ्घीय लिम्बुवानका अध्यक्ष कुमार लिङदेनसँग नो कोशी र नो मुक्कुलमुमको आन्दोलनमा सँगै रहेको उल्लेख गर्दै भने ‘अब जसपा नेपाल र लिम्बुवान पार्टी तला देखि माथी सम्म सहकार्य जरुरी छ ।’  
चेम्जोङले लिम्बुवान भित्रै २ खेमा भएकोले आन्दोलन अघि बढ्न आपसमै अवरोध बनेको उल्लेख गदै  लिम्बुवान प्राप्तिको लागि लिम्बुहरू एक हुन जरुरी भएको बताए । उनले भने ‘तर हामी एक छैनौँ, एक हुन जरुरी छ अनि मात्र आन्दोलन सफल हुन्छ ।’
जसपाबाट अलग्गिएका अशोक राईलाई लक्षित गर्दे चेम्जोङले भने ‘छुट्टीएर गएकाहरूको हालत देखि सक्यौ, अझै समय भडकेको छैन, जनमत निर्माण गर्न अलग भएर हुँदैन, लक्ष्य प्राप्त गर्न एकता गर्न जरुरी छ  ।’ 
पहिचान गणतन्त्र र संघियता माथी सोझा सिधा लिम्बुहरूलाई भ्रममा पार्दै एमाले काँग्रेसले अलमललाई रहेको आरोप लगाए । उनले भने ‘एमाले काँग्रेस पार्टी आदिवासीहरूको विरुद्धमा लाग्ने पार्टी रहेकोले  जसपाले आदिवासीको भ्रम चिर्न अगाडी बढ्नु पर्छ ।’ 
लिम्बुवान र पहिचान प्राप्त गर्न बलिदानी पूर्ण आन्दोलन गर्न जन वर्गीय आन्दोलन गर्नु पर्ने उनले बताए । नो कोशी आन्दोलनलाई सशक्त बनाउन सबै खाले समुदायलाई समेटेर आन्दोलनलाई सयुक्तरुपमा अघि बढाउनु पर्नेमा जोड दिए । 
उनले नो कोशी र नो केबलकार आन्दोलनको रूपरेखा कस्तो र कसरी गर्ने भन्ने छलफल गर्न जरुरी भएको बताए । चेम्जोङले भने ‘आन्दोलन छिटो अघि बढाउन आवश्यक छ, आन्दोलनको आधि बेरी नल्याए सम्म राज्य डगमगाउँदै ।’
सह अध्यक्ष चेम्जोङ संघीय लिम्बुवान मञ्चसँग एकताको प्रस्ताव गर्दै तुरुन्त नभए सहकार्य गर्न आग्रह गरे । अशोक राईको गतिविधिले जनतालाई भ्रम छर्ने र आन्दोलन रोक्ने काम गरेको बताए ।
सङ्घीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले भूमि अधिकार ऐनमा जसपाको उल्लेखनीय योगदान रहको बताए । उनले भने ‘लोकतन्त्रमा धेरै राजनीतिक पार्टी हुन्छन्, पार्टीहरू बिच सहकार्य, एकता, मोर्चा बन्दी, लिम्बुवानको प्रस्ट खाका आउनु सकारात्मक कुरा हो ।’ 
उनले संघियताको आन्दोलनमा मधेस मेरुदण्ड भएर आउनु नै लिम्बुवान प्राप्तिको आन्दोलनलाई हाँक्ने माहौल तयारी गर्न सङ्घीय लिम्बुवान जिम्मेवारी लिँदै गठन भएको पार्टी भएको नबिर्सन आग्रह गरे ।  
जसपा धरान अध्यक्ष ताजुब लिम्बूले सुशासनको विषयलाई सदन देखि सडक सम्म ल्याउन नेतृत्वलाई आग्रह गरे । उनले अहिले पुन नामाङ्कन र नो केबलकार आन्दोलनलाई पार्टीले जसपाको भूमिका रहेको बताए  ।
भोली सोमवार सम्म चल्ने लिम्बुवान राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
limbuwan