वराहक्षेत्र : नेपाल स्काउट अन्तर्गत प्रदेश स्काउट कार्यालय विराटनगरले वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई सम्मान गरेको छ ।

वराहक्षेत्र नगरपालिकामा नेपाल स्काउटको विकास एवम् बिस्तारका लागि भूमिका निर्वाह गरेको आधारमा मेयर कार्कीलाई नेपाल स्काउट अन्तर्गत प्रदेश स्काउट कार्यालय विराटनगरले सम्मान गरेको स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले बताए ।

उनका अनुसार नेपाल स्काउट अन्तर्गत प्रदेश स्काउट कार्यालय विराटनगरले वराहक्षेत्र नगरपालिकाका मेयर कार्की सहित कोसी प्रदेशका ३ जना नगर प्रमुखहरूलाई नेपाल स्काउटको विकास एवम् बिस्तारका लागि भूमिका निर्वाह गरेको आधारमा सम्मान गरेको हो ।

स्थानीय स्काउटको नगर प्रमुख संरक्षणको भूमिकामा रहने र स्काउटलाई विकास एवम् बिस्तारका लागि भूमिका रहने भएकाले कोसी प्रदेशका ३ जना नगर प्रमुखहरूलाई अतुलनीय योगदानको उच्च सम्मान गर्दै नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा सम्मान गरिएको स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले जानकारी दिए ।