वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. १ चतरा स्थित दुर्वासाघाट क्षेत्रको व्यवस्थापनका सुरु गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाले मारवाडी सेवा समिति धरानसँगको सहकार्यमा उक्त दुर्वासाघाट क्षेत्रको व्यवस्थापनकालागि भौतिक संरचना, सौन्दर्यीकरण लगायतको कार्य सुरु भएको हो ।
धार्मिक महत्वको उक्त दुर्वासाघाट क्षेत्रमा संरचना निर्माण व्यवस्थापन, सौन्दर्यीकरण गर्ने उदेश्य अनुसार बिहीबार शवदाह स्थलको शिलान्यास समेत गरिएको छ ।
उक्त शवदाह स्थलको शिलान्यास कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेका छन् । 
वराहक्षेत्र नगरपालिकाले मारवाडी सेवा समिति धरानसँगको सहकार्यमा आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल रहेका थिए । 
चतरा स्थित दुर्वासा घाटलाई व्यवस्थापन तथा सौन्दर्यीकरण गर्न नगरपालिकाले मारवाडी सेवा समिति धरानसँग सहकार्य गरी काम सुरु गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।
घाट क्षेत्रमा आवश्यक भौतिक संरचना निर्माण, सौन्दर्यीकरण र घाट क्षेत्रको संरक्षणमा काम हुने नगर प्रमुख कार्कीले बताए । 
घाटमा तत्काल शवदाह स्थल, विश्रामस्थल निर्माण, खानेपानी,बिधुत व्यवस्थापन, सरसफाइ, सौन्दर्यीकरण लगायतको काम गरिने मारवाडी सेवा समिति धरानका अध्यक्ष पितरुमल अग्रवालले बताए ।
नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य ममता तामाङ, योसोदा कायस्थ, नगर नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्ष प्रकाश बस्नेत, वडा नं. १ का अध्यक्ष किसन थापा मगर, वडा नं. २ का अध्यक्ष होम प्रसाद गौतम, वडा नं. ४ का अध्यक्ष आशाराम चौधरी, वडा नं. ५ का अध्यक्ष रोहित काफ्ले, मारवाडी सेवा समिति धरानका अध्यक्ष पितरुमल अग्रवाल, जगदगुरु पीठ तथा राधाकृष्ण भक्ति साधना प्रतिष्ठानका महासचिव प्रह्लाद भट्टराई, सचिव उद्भव प्रसाद घिमिरे, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका अध्यक्ष तुलसी बहादुर श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ चतरा अध्यक्ष कृष्ण कटेल, राजनैतिक दलका प्रतिनिधि,सुरक्षाकर्मी, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सङ्घसंस्थाका प्रतिनिधिहरू, मारवाडी सेवा समिति धरानका पदाधिकारीहरू,सल्लाहकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वालले स्वागत मन्तव्य तथा मारवाडी सेवा समिति धरानका सचिव सन्तोष अग्रवाल कार्यक्रम सञ्चालन गरेका थिए ।