धरान : नगर प्रमुख हर्क साम्पाङले वडा १३ निशानेको नम्बरी जग्गाको घर ३ दिन भित्र भत्काउन सूचना टाँस गर्न लगाएर वडाको कार्यक्षेत्रमा हस्तक्षेप गरेको वडाध्यक्ष नेत्र काफ्लेले आरोप लगाएका छन् ।
वैदेशिक रोजगारीमा बाहिर रहेका धरान–१३ मनि प्रसाद राईको घरबाट निस्केको दिशा पिसाब, भान्छाको पानी निशाने खोलाको मुहानमा पुग्ने भएकाले ३ दिन भित्र घर भत्काएर सम्पर्कमा आउन साउन ९ गत सूचना टाँस गरिएको हो ।
धरान उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख सापकोटाले वडाध्यक्षसँग समन्वय नगरी सूचना टाँसेका हुन । उनले पुनः साउन १५ गते सूचना टाँस गर्दै घर नहाटईएको, सम्पर्कमा नआएकाले ३ दिन भित्र घर संरचना भत्काएर लैजान दोस्रो चोटी सूचना टाँसेका थिए ।
वडाध्यक्ष काफलेले यस्तो कार्य सिधै आफ्नो कार्यक्षेत्रमा नगरको हस्तक्षेप भएको बताएका हनु । उनका अनुसार आफ्नो वडाको विषयमा महाशाखा प्रमुख सापकोटाले समन्वय नै नगरी र वडालाई जनकारी नै नगरी सूचना टाँसेका छन् । उक्त घर बनेको जग्गाको मनि प्रसाद राईले २०७७ असोज ६ गते सम्म मालपोत कार्यालयमा मालपोत तिरेका छन् ।

वडाध्यक्ष काफ्लेले शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने ‘नगरबाट समन्वय भएन मलाई केही थाहा थिएन । एक्कासि एकल हुल स्थानीय निशानेवासीहरु आउँदा मात्र आफूलाई थाहा भयो ।’
उनीहरू आएपछि महाशाखा प्रमुख सापकोटालाई प्रश्न गर्दा उनले ‘मेयर सावको आदेश भएकाले कोहीसँग समन्वय भएन ।’ डाईरेक्ट सूचना टाँस गर्न नगर प्रहरी पठाएका महाशाखा प्रमुखले बताएको वडाध्यक्ष काफलेले बताए ।
उनले भने ‘नम्बरी जग्गामा घर भएको घर भत्काउन पाइँदैन ।’ उनका अनुसार किनकी जग्गा धनी मनि प्रसाद राईले धरान मालपोतमा २०७७ असोज ६ गते सम्म मालपोत तिरेका छन् । अहिले सर्वोच्चमा सर्दु जलाधार क्षेत्रको मुद्धा विचाराधीन भएकाले अहिले तिरो तिरेका छैनन् ।
वडाध्यक्ष काफ्लेले फिल्डमा जग्गा हेर्न महाशाखा प्रमुखलाई आग्रह गरेको बताउँदै भने ‘फिल्डमा जाँदा आउने जस्तोसुकै समस्या समाधान गर्न सक्नु पर्छ र यसको जिम्मा नगरप्रमुखले लिनु पर्दछ ।’ जग्गा धनी मनि प्रसाद राईको साढे ६ कठा जग्गा रहेको छ ।
शिखर बास टिएलो अध्यक्ष निकेश राईले नम्बरी जग्गामा एक्कासि घर भत्काउन सूचना टाँस भएको छ । यो मेरो फुपूको जग्गा हो । फुपूको मृत्यु भएपछि फुपाजुको नाममा अहिले जग्गा धनी पुर्जा छ ।
उनका अनुसार जग्गाधनी मनि कुमार उनका फुपाजु हुन । फुपाजु र भाईहरु बाहिर छन् । वैदेशिक रोजगारीमा भएकाले आफन्तलाई होटेल गर्न दिएको थियो । तर बर्खामा पुरानो घरको संरचना भएपछि होटेल अहिले अन्तै सारिएको छ ।
अध्यक्ष राईले भने ‘घर भत्काउन आए नगरको टोली आए प्रतिकार गछौं ।’ जुन अवस्था आए पनि नगरप्रमुखले जिम्मा लिनु पर्छ । व्यक्तिगत जग्गामा कसैको आँखा लाग्नु हुँदैन । प्रशासन महाशाखा प्रमुख सापकोटालाई २ पटक फोन सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।