धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले सङ्घीय सरकार समक्ष गुम्बा निर्माणको लागि आर्थिक सहयोगका लागि सिफारिस गर्न अस्वीकार गरेको धरान-१५ स्थित ङाग्युर ञीङ्मा ङ्युङ्ने ल्हाखाङ गुम्बाका अध्यक्ष लोकबहादुर थिङले आरोप लगाएका छन् ।

गुम्बाको भौतिक निर्माणको अपुग बजेटका लागि सङ्घीय सरकारसँग आर्थिक सहयोग माग गर्नका लागी स्थानीय सरकारको सिफारिस माग गर्दा प्रमुख साम्पाङले ठाडै अस्वीकार गरेको बताउँदै उनले भने ‘नगर प्रमुख जस्तो पद धारण गरेको व्यक्तिले आफ्नो पदीय मर्यादा बिर्सिएर व्यवहार गरे ।’

उनले सङ्घीय सरकारले आवश्यक बजेट दिन तयार भएको, त्यसका लागि नगरपालिकाको सिफारिस लिएर आउनु भनेकाले प्रमुख साम्पाङ सँग गुम्बाको टोली भेट्न उनको कार्यकक्षमा पुगेको थियो ।

अध्यक्ष थिङले पटक-पटक नगर प्रमुखको कार्यकक्षमा सिफारिस लिन धाउँदा पनि नदिएको बताउँदै भने ‘उनको गोजीको सम्पत्ति दिनु परे जस्तो गरी मङ्गलवार पनि उनको कार्यकक्ष जाँदा सिफारिस दिन मानेनन् ।’

यसअघि गुम्बाको तर्फबाट श्रमदान र २५ वटा पाइप सहयोग गर्दा प्रमुख साम्पाङले ‘दाजु म सहयोग गरिहाल्छु’ भनेको कुरा उद्धृत गर्दै अध्यक्ष थिङले भने ‘सहयोग लिँदा पहिले मक्ख पारे तर पछि आर्थिक सहयोग तँ के सिफारिस समेत दिएनन् ।’

उनले साम्पाङ ‘धरानका मेयर होईनन कि जस्तो लागेको’ बताउँदै गुम्बा जस्तो स्थानलाई विवादास्पद बनाउने ‘यस्ता नाथे मेयर चाहिँदै चाहिँदैन’ भनेर कार्यकक्षमा प्रमुख साम्पाङ कै अगाडी पनि ‘भनेको हुँ अहिले पनि भन्छु’ भनी बताए ।

अध्यक्ष थिङले भने ‘यस्ता मेयर चाहिँदैन, उनी धरानको मेयर होईनन कि क्या हो विदेशको मेयर होलान् ।’ धरानको भए त गुम्बा परिसरमा बन्ने सामुदायिक भवन धरानको सम्पत्ति बढाउन सहयोग गर्नुपर्थ्यो।

धरान-१५ मा बन्ने सामुदायिक भवनको जग्गा भने गुम्बाकै लागतमा खरिद भएको हो । १७ धुर जग्गामा निर्माणाधीन भवनको कुल लागत ४३ लाख रुपैयाँ अनुमान गरिएको छ । १२६ फिट लम्बाई २९ फिट चौडाइको भवन सुविधा सम्पन्न ३ तलाको बनाउने योजना छ । निर्माणाधीन भवनको लागि सङ्घीय सरकारले २५ लाख, प्रदेश सरकारले ८ लाख र स्थानीय सरकार धरान उपमहानगरपालिकाको ६ लाख आर्थिक सहयोगको बजेट तर्जुमा गरिएको छ ।

उनले भने ‘भवन केन्द्रबाट आएको ३० प्रतिशत, स्थानीय निकायले हाल्नै पर्ने बाध्यता भएकाले र साझेदारी निकाय भएकाले मात्र यस वर्षको बजेटमा ६ लाख रुपैयाँ स्थानीय सरकार धरान उपमहानगरपालिकाले दिएको हो ।’

नियमानुसार बजेट अनुमान गरिए पनि उपमहानगरपालिकाको सहयोग १ रुपैयाँ पनि नपरेको अध्यक्ष थिङको भनाई छ । उनका अनुसार भवन बनाउन रकम अभाव भएकाले पुनः सङ्घीय सरकारलाई आर्थिक सहयोग माग गर्न सिफारिस माग्न गएको बताउँदै भने ‘धरान उपमहानगरबाट बजेट रकम माग गर्न गएको होइन ।’ तर मेयर साम्पाङले बजेट रकम दिनु परे जस्तै सिफारिस समेत नदिएको उनको भनाई छ ।

status-of-harka

प्रमुख साम्पाङले भने सामाजिक सञ्जालमा पटक-पटक गुम्बालाई बजेट दिएको र मेयर भिजन कोषको समेत रकम दिएको भन्दै एउटै मान्छेलाई पटक-पटक बजेट दिन नसक्ने भनेर फेसबुकमा स्ट्याटस लेखेको अध्यक्ष थिङले बताए ।

प्रमुख साम्पाङको 'मन्दिर, चर्च र गुम्बा बनाउन राज्यले सधैँ रकम दिन नसक्ने र पार्टीको झालेले भ्रमको खेती गरेको' जस्ता भनाई प्रति आपत्ति जनाउँदै अध्यक्ष थिङले भने ‘श्रमदान गर्न गइन्जेल र पाइप सहयोग गर्दा चैँ  उनको नजिकको मान्छे हुने, अहिले चैँ म पार्टीको झोले कार्यकर्ता भए रे ! कस्तो अचम्म ?’

सम्पाङको श्रमदानमा गुम्बाको सबै मान्छे गएर श्रमदान गरेको साथै पैसा उठाएर २५ वटा पाइप खरिद गरेको बताउँदै उनले भने ‘अहिले मलाई पार्टीको झोले भने उनलाई अव मेयरको रूपमा स्वकार गर्न सक्दिन ।’