धरान : धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलले विद्यार्थीहरूको प्रतिभा,आत्मविश्वास तथा कला–संस्कृति विकासकालागि स्कुल स्तरीय ‘धरान लिगामेन्ट ट्यालेन्ट हन्ट २०८२’मेलोडी र मोशन को ग्रान्ड फिनाले मंसिर २७ गते सम्पन्न गर्ने भएको छ।
बुधवार स्कुलले पत्रकार सम्मेलन गर्दे धरान लिगामेन्ट ट्यालेन्ट हन्ट मेलोडी र मोशनको जानकारी दिएको हो ।
मंसिर २६ गते हुने ग्राण्ड फिनालेमा सिनियर र जुनियरबाट प्रथम, द्धितिय र तृतीय हुने प्रतियोगीहरूले क्रमशः नगद २ हजार ५ सय, पन्ध्र सय, १ हजार सहित ट्रफी र खदा प्राप्त गर्ने भएका छन् ।
प्रतियोगितामा प्रत्यक्ष प्रस्तुतीकरण र भोटिङको आधारमा छनोट हुने छन् । प्रत्यक्ष प्रस्तुतीकरण मूल्याङ्कनलाई निष्पक्ष बनाउन विद्यालय बाहिरका ५ जना विज्ञ निर्णायक रहने भएका छन्।
प्रतियोगिताको एडिसन राउण्ड मंसिर ५ गते सम्पन्न भएको थियो, जसबाट गायन विधामा ३० जना,नृत्यमा ३५ जना प्रतिभा छानिएका थिए । भने मंसिर १२ गत भएको सेकेन्ड राउण्डमा गायन विधाबाट सिनियर ग्रुपबाट ७ जना जुनियरबाट ७ र नृत्य बिधा जुनियरमा ११ जना र सिनियरमा ८ जना छानिएका छन्
उक्त छनौट भएका प्रतियोगीहरूबाट मंसिर १९ गते डिजिटल राउण्ड सम्पन्न गरी मंसिर २० गते डिजिटल राउन्डका सबै प्रस्तुति विद्यालयको आधिकारिक फेसबुक पेजमा अपलोड गरिएका छन् र भोटिङ प्रक्रिया सुरु भइसकेको स्कुलका प्रिन्सिपल तेजमान लिम्बुले जानकारी दिए । प्रिन्सिपल लिम्बुले भोटिङ गर्न मंसिर २५ गते १ बजे सम्मका लागि उपलब्ध रहेको जानकारी दिए ।
ग्रान्ड फिनाले कार्यक्रममा धरान उपमहानगरपालिका–१६ का वडा अध्यक्ष मुरारी भट्टराईको प्रमुख आतिथ्य तामा सम्पन्न हुने भएको छ।
कार्यक्रममा विद्यार्थीहरूका प्रस्तुति मात्र होइन, अभिभावकहरूको विशेष प्रस्तुति पनि रहने विद्यालयले जनाएको छ।

































































