झापा : झापाका कपुरीकर्मी सुदिप अधिकारी सम्मानित भएका छन् । उनलाई निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) दमकले शनिवार नगदसहित सम्मान गरेको हो ।

प्याब्सन दमकको आयोजनामा भएको पालिका–स्तरीय सांस्कृतिक, नृत्य तथा गायन प्रतियोगिता समापनको अवसरमा कपुरीकर्मी अधिकारीसहित अन्य दुई जनालाई पनि सम्मान गरिएको थियो ।

अन्य सम्मानित हुनेहरूमा जनप्रतिनिधितर्फ दमक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराई र शैक्षिक क्षेत्रतर्फ शैक्षिक व्यक्तित्व जनार्दन मैनाली रहेका छन् ।उनीहरुलार्ई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दमकले आयोजना गरेको पालिका–स्तरीय सांस्कृतिक कार्यक्रम, नृत्य तथा गायन प्रतियोगिता शुक्रवार देखी दमकमा सुरु भएको थियो ।