धरान : धरान जेसिजका विभिन्न वर्षका अध्यक्षहरूका श्रीमतीहरूको संगठन धरान जेसिज प्रथम महिला समूहले वर्ष २०२६देखि २८ सम्मका लागि नयाँ कार्यसमिति गठन गरेको छ।

नयाँ कार्यसमिति वर्ष २००२ की प्रथम महिला श्रीमती शान्ता शाक्यको संयोजकत्वमा गठन गरिएको हो। समितिको सचिवमा वर्ष २०२० की प्रथम महिला रोजिना अधिकारी निरौला,कोषाध्यक्षमा वर्ष २००८ की प्रथम महिला इशु लाखे श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका हुन।

नयाँ कार्यसमिति गठनसँगै जिम्मेवारी हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भएको छ। निवर्तमान संयोजक कोपिला श्रेष्ठ,सचिव बिनुता सापकोटा बराल र कोषाध्यक्ष कविता कर्माचार्यले आवश्यक कागजातसहित नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको होन ।

कार्यक्रममा संस्थापक प्रथम महिला श्रीमती रेवा श्रेष्ठको विशेष उपस्थिति रहेको थियो भने विभिन्न वर्षका प्रथम महिला ज्यूहरूको उल्लेख्य सहभागिता रहेको थियो।

समूहले यसअघि पनि सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको स्मरण गर्दै नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा योजनाबद्ध सामाजिक कार्यक्रम सञ्चालन गर्ने र धरान जेसिजका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।