धरान: नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) जिल्ला समन्वय परिषद् सुनसरीको छैटौँ जिल्ला अधिवेशनबाट एक जाति–एक कार्यकाल’ नीति अनुरूप सुरेन्द्रमान स्थापित अध्यक्ष भएका छन् । स्थापितको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।

आदिवासी जनजाति बहु जातीय सङ्ग्रहालयको सभा हल, धरान–१४ हात्तीसारमा सम्पन्न अधिवेशनबाट सचिवालयको नामावली शनिवार सार्वजनिक गरिएको हो।

महासघको उपाध्यक्षहरूमा भरतमाया थापा, टङ्क तामाङ, जय नारायण श्रेष्ठ दनुवार र शारदा माझी चयन भएका छन् । भने सचिवमा रामकुमार चौधरी,सह–सचिवमा शिवानन्द कुमार मण्डल, युद्धबहादुर त्रिमल, नारायण कुमार उराँव र विशाल शेर्पा,कोषाध्यक्ष अनुपमा सुनुवार सर्वसम्मत चयन भएका हुन ।

अधिवेशनले ‘एक जाति–एक कार्यकाल’ नीतिलाई कार्यान्वयन गर्दै समावेशी र सर्वसम्मत नेतृत्व चयन गरिएको नेफिन सुनसरीका राम माण्डुपा राईले जनाएका छन्। नयाँ सचिवालयले जिल्लामा आदिवासी जनजातिको हक, अधिकार र पहिचानका पक्षमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।