वराहक्षेत्र : यसै शैक्षिक सत्र वाट माध्यमिक तहको कक्षा सुरु गरेको वराहक्षेत्र नगरपालिका वडा नं १ सुर्यकुण्डमा रहेको सुर्यकुण्ड माध्यमिक विद्यालयले आफ्नो ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार विद्यालयले जग्गा दाताहरूलाई सम्मान , सेवा निमित्त भएका प्रधानाध्यापकलाई बिदाइ तथा विभिन्न औपचारिक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रम मनाएको हो । कार्यक्रममा नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर उप- प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं १ का अध्यक्ष किसन मगर,वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम,नगर शिक्षा विकास समितिका सदस्य ज्ञान बहादुर पाण्डे , गोकुल गुरागाईँ,आदर्श माविमा प्रधानाध्यापक लक्ष्मी प्रसाद लिम्बू ,औलिया माबिका प्रधानाध्यापक कमल भण्डारी लगायत वडाका जनप्रतिनिधिहरू, पूर्व शिक्षकहरू ,पूर्व व्यवस्थापन समितिका अध्यक्षहरू,समाजसेवी, चन्दा दाताहरूको आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक राईको सभाध्यक्षयतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सत्यनारायण साहले विद्यालयको इतिहास र भावी योजना प्रस्तुत गर्दै विद्यालयको गतिविधि बारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुले स्वागत नृत्य सामूहिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सेवा निमित्त भएका निवर्तमान प्रधानाध्यापक दिनेश राज कार्कीलाई बिदाइ गरिएको थियो । कार्यक्रममा विद्यालयलाई आवश्यक जग्गा दान गर्नु हुने जग्गादाताहरूलाई सम्मान पत्रले सम्मानित समेत गरिएको थियो ।

कार्यक्रमको सञ्चालक विद्यालयका शिक्षक हिम कार्कीले गरेका थिए । बि.स. २०३४ सालमा स्थापना भएको उक्त विद्यालय वराहक्षेत्र नगरपालिको पहाडी क्षेत्र तथा ऐतिहासिक सुर्यकुण्डमा रहेको छ ।