धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत दोस्रो सेमिफाइनलको खेलमा प्रभात स्कुल फाइनल प्रवेश गरेको छ ।

बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी दोस्रो सेमी फाइनल खेलमा प्रभात बोर्डिङ स्कुल धरानले पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई ४-० ले हराउँदै फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफमा प्रभात स्कुलको तर्फबाट ७औ र दोस्रो हाफको १२औ मिनेटमा प्रभात स्कुलका भुवन भण्डारीले २ गोल, २०औ र २९औ मिनेटमा निम्साङ मगरले २ गोल गरे । खेलमा पिनाकल स्कुलको तर्फबाट थुप्रै गोल गर्ने प्रयास विपल भयो ।

खेलको म्यान अफ द म्याच प्रभातका भुवन भण्डारी घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रफीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।

शनिवार हुने फाइनल खेल नेपाल पुलिस स्कुल रेड र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानका बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

dig-cup