धरान : विश्वकर्मा कल्याण सेवा समिति  प्रधान कार्यालय धरान, सुनसरीको अध्यक्षमा घमासिंह बराइली निर्वाचित भएका छन्।

सोमबार धरान-१० स्थित सैनिक भवनमा सम्पन्न समितिको १२औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा निवर्तमान सचिव सन्दीप शंकरलाई पराजित गर्दै बराइली अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन मण्डलका अधिकृत डिबी शंकरका अनुसार बराइलीले ६५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शंकरले ५५ मत प्राप्त गरेका थिए।

अध्यक्ष बाहेक अन्य पदाधिकारीहरू भने सहमतिमै चयन भएका छन्। उपाध्यक्षमा मिरा बराइली, महासचिवमा वलिन्द्र बराइली, कोषाध्यक्षमा ललन जनकर्मी तथा सचिवमा कला शंकर चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा ज्ञानबहादुर लामिछाने, तेजेन्द्र लामिछाने, खड्ग धमला, रविन ल्वागुन, अन्जेश शंकर र आशबहादुर शंकर चयन भएका छन्।