धरान : धरान-६ स्थित रणदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई वडाध्यक्ष भूपेन्द्र भट्टराईले न्यानो कपडा वितरण गरेका छन्। मंगलबार आयोजित कार्यक्रममा वडाध्यक्ष भट्टराईले व्यक्तिगत रूपमा ५५ हजार रुपैयाँ खर्च गरी ६९ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका हुन्।

विद्यालयमा ९२ जना विद्यार्थी अध्ययनरत रहेकाले बाँकी विद्यार्थीका लागि पनि चाँडै कपडा व्यवस्था गर्ने तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक युवराज थापाले जानकारी दिए।

वडाध्यक्ष भट्टराईले शिक्षालाई सबैभन्दा महत्वपूर्ण क्षेत्र भन्दै आगामी आर्थिक वर्षदेखि विद्यालयका लागि दुई जना शिक्षकको तलबका लागि मासिक २५ हजार रुपैयाँ वडाकर्यालयमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै पोसाक खरिद गर्न नसक्ने विद्यार्थीका लागि विद्यालय पोसाक व्यवस्थापन, विद्यालयमा खानेपानी लगायतका आवश्यक पूर्वाधारमा निरन्तर सहयोग गर्दै जाने बताए।