धरान : माघे सङ्क्रान्तिका दिन लिम्बु समुदायद्वारा मनाइने कक्फेक्वा तङ नामको अवसरमा बिहीबार आयोजित सांस्कृतिक कार्यक्रम बिच लिम्बु सांस्कृतिक परिषद्ले च्याब्रुङ नृत्य र धान नाचका विजेता कलाकारहरूले सम्मानित गरेको छ ।
सम्मानित कलाकारहरू भारतको सिक्किम स्थित रानीपुुुुुल मेला टारमा भएको अन्तर्राष्ट्रिय सांस्कृतिक प्रतियोगीताका विजयी कलाकारहरू हुन ।
गत: डिसेम्बर १८ देखी २७ तारिख सम्म भएको प्रतियोगितामा नेपालबाट सहभागी टोलीले च्याब्रुङ नृत्यमा प्रथम पुरस्कार १ लाख रुपया भारु र यालाङ धान नाच प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपया भारु प्राप्त गरेको थियो ।
गान्तोक स्थित नियारा प्रोडक्सनव्दारा आयोजित प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त च्याब्रुङ समूह वराहक्षेत्र नडाहाको किरात याकथुङ साक्थिम केलाङ सयङबाट सहभागी सहभागी कलाकारहरूमा मिकेश साँवा लिम्बु, संगम लिबाङ लिम्बु, आकाङ्क्षा फागो चोङबाङ, वरदान सुब्बा, साङमाङ साँवा लिम्बु, अनिता लङवा लिम्बु, सुजन तुम्बाहाम्फे लिम्बु, सशिम फागो चोङबाङ लिम्बु, माया साँवा लिम्बु, बिनु चोङबाङक्याक लिम्बु, बिन्दिया चोङबाङक्याक लिम्बु, विशाल चोङबाङक्याक लिम्बु, निशाम चोङबाङक्याक लिम्बु थिए ।
सोही अवसरमा अन्तर्राष्ट्रिय यालाङ धान नाच पालाम प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त फक्ताङलुङ सयङ शाखा धरानका कलाकारहरूमा संयोजक सैनध्वज फोम्बो, सहसंयोजक शान्ति नाल्बो, राजेन्द्र नाल्बो, शान्त सुक्वाबा, गणेश याक्सो, लिली सम्बाहाङफे, युवराज तुम्बाहाम्फे, मानबहादुर सेरेङ चोङबाङ, शेरु आङबुङ, कर्ण सम्बाहाङफे, मोती हुक्पाचोङबाङ, नरमाया हुक्पाचोङबाङ, पुष्पा वनेम, ज्योति हाङश्रोङ, विष्णु हाङगाम, सृजना चोङबाङक्याक, लीला केदेम, जयन्ती सुहाङ, अनिता हुक्पाचोङबाङ र ऋतु लिम्बु थिए ।  
  प्रतियोगितामा अन्तर्राष्ट्रिय हाक्पारे गायनमा धरान नेपालबाट सहभागी शान्ता नाल्बोले प्रथम पुरस्कार तथा मानबहादुर श्रेङ लिम्बुले दोस्रो पुरस्कार प्राप्त गरेका थिए । उनीहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । 
प्रतियोगितामा लिम्बु विद्यार्थी मञ्चबाट सहभागी भएको च्याब्रुङ समूहमा मञ्चकी अध्यक्ष आरती नेम्वाङ, आइत कन्दङवा लिम्बु, अभिषेक राई, रेवत लिम्बु, भिमप्रसाद लिम्बु, जेसीस लिम्बु, प्रवीण लिम्बु, भवानी शङ्कर लिम्बु, विपना साम्यु लिम्बु, अस्मिता लिम्बु, बिनु लिम्बु, दीपिका केरुङ लिम्बु थिइन् । कलाकार टोली संयोजक मदन लिम्बु थिए ।
विजेता समूहका कलाकारहरूलाई समारोहका प्रमुख अतिथि सांस्कृतिक परिषद् केन्द्रीय उपाध्यक्ष कुमार हुक्पाचोङबाङ सहित अतिथिहरूले सम्मान पत्र प्रदान गरे । कार्यक्रममा चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला, जिल्ला अध्यक्ष शिव सुब्बा इश्वो, पूर्व जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, राष्ट्रिय चुम्लुङ सदस्य नरेशकुमार इङरम, चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले कक्फेक्वा तङ नामको बारेमा प्रकाश पारेको थिए ।
परिषद्का जिल्ला अध्यक्ष यज्ञ फावेनको सभापतित्वमा भएको समारोहमा सचिव   कमल लुङफुङवाले स्वागत भाषण गरेका थिए । सञ्चालन लिम्बु विद्यार्थी मञ्चकी अध्यक्ष आरती नेम्वाङले गरेकी थिइन् ।
chandra-maya-limbu