धरान : सुनसरी निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्यको चुनावकालागि उम्मेदवारी दिन २८ जनामा २ जना महिला उम्मेदवार भएको निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशित गरेको छ ।
प्रकाशित सूचनाको ३ नम्बरमा गोमा तामाङ नाम उल्लेख छ। राजनीतिक तथा सार्वजनिक क्षेत्रमा नाम नसुनिएकी गोमा को हुन भनी चासो लाग्नु स्वाभाविक छ ।आफूलाई पुरुष पहिचानमा प्रस्तुत गर्दै आएकी सरिन तामाङ नै गोमा तामाङ भएको खुलेको हो ।
उनी अघिल्लो संसदीय निर्वाचनमा पनि उम्मेदवार थिइन् । अशोक राईको निकटतम प्रतिद्वन्द्वी रहेकी सरिन तामाङनै महिला गोमा तामाङ हुन भन्ने कुरामा यसपाली भने चासो बढेको पाइयो ।
निर्वाचन कार्यालयमा भेटिएका लक्ष्मी प्रधानले भनिन्‘आफ्नो वास्तविक पहिचान लुकाउन चाहने उम्मेदवारले जनताको पहिचान र समावेशीताको मुद्दा कसरी उठाउन सक्छ ?’ निर्वाचनमा आफ्नो वास्तविक नाम र लिङ्ग उल्लेख गर्ने तर आफूलाई पुरुषको रूपमा प्रस्तुत गर्ने गलत नियत भएको उनको भनाई थियो ।
उम्मेदवार सरिनको नागरिकतामा नै गोमा तामाङ नाम लेखिएको छ । उनले नाम बदलेको वा थपेको वा गोमा तामाङ र सरिन एउटै हो भनी बुझाउने संयुक्त नाम बारे जानकारी दिने निर्वाचन कार्यालयको सूचनामा केही उल्लेख छैन ।
प्रमुख निर्वाचन अधिकृत दिव्य राज घिमिरेकाले सुनसरी १ मा दिइएका उम्मेदवारी माथी दाबी विरोधको अवधिमा कुनै उम्मेदवारप्रति विरोध नपरेको बताए ।
sarin-dada